काठमाडौं, फागुन १३ – भारतीय उद्योगी मुकेश अम्बानी भन्दा नेपाल गरिब भएको तथ्य सार्वजनिक भएको छ । फोब्र्सको नयाँ रिपोर्टअनुसार नेपालसँगै विश्वका १९ देश अम्बानीभन्दा गरिब भएको तथ्य सार्वजनिक भएको हो ।
फोब्र्सका अनुसार मुकेश अम्बानीको सम्पति झण्डै २३ अर्ब डलर छ । विश्वमा त्यस्ता १९ देश छन् जसको जम्मा जिडिपी २३ अर्ब डलर भन्दा कम छ । नेपालसँगै दक्षिण एसियाको अफगानिस्तान पनि अम्बानीभन्दा गरिब देखिएको छ ।
नेपाल र अफगानिस्तानसँगै अम्बानीभन्दा गरिब देशको सूचीमा रहेका देशमा अल्बानिया, निकारागुआ, लाओस, जमाइका, माली, जिम्बावे, जर्जिया, गेबान आइसल्याण्ड, सेनेगल, बोस्निया, कम्बोडिया, आइसल्याण्ड, पपुवा न्युगिनि, साइप्रस, जाम्बिया, होन्डुरस, ट्रिनिडाड एण्ड टोब्यागो रहेका छन् ।
देश - जिडिपी
नेपाल - २१.२अ
फगानिस्तान - १६.४
अल्बानिया - १२.१
निकारागुआ - १३.४
लाओस - १३.८
जमाइका - १३.८
माली - १४.१
जिम्बावे - १४.२
जर्जिया - १३.५
गेबान आइसल्याण्ड - १४.६
सेनेगल - १४.९
बोस्निया - १६.५
कम्बोडिया - १९.४
आइसल्याण्ड - १९.४
पपुवा न्युगिनि - १९.९
साइप्रस - १९.९
जाम्बिया - २०.६
होन्डुरस - २०.९
ट्रिनिडाड एण्ड टोब्यागो - २२.८