• Breaking News

    2.21.2017

    यी कुरामा महिला भन्दा पुरुष बढी डराउँदा रहेछन्, पत्याउनुहुन्छ ?


    काठमाडौं, १० फागुन । पुरुषहरु सँधै आफ्नो यौनसाथीलाई सन्तुष्ट दिन सक्छु कि सक्दिन भन्ने डर रहिरहन्छ ।
    पुरुष मित्रहरुले मानुन् या नमानुन् तर उनीहरु महिलाको तुलनामा ढल्किदो उमेरलाई लिएर बढी चिन्तित रहन्छन् । यदि उनीहरुको अनुहार चाउरिने वा कपाल फूल्नेजस्ता लक्षण देखिएमा निक्कै चिन्तित हुन्छन् । एक पुरुषलाई आफ्नो परिवारलाई राम्रो ध्यान दिन सक्छु कि सक्दिन भन्ने डरले सँधै सताइरहन्छ । यदि श्रीमतीको चाहाना पुरा भएन भने पनि एउटा पुरुष आफूलाई दोषी ठान्न थाल्छन । तालु हुनु पनि पुरुषको मुख्य डरको कारण हो । त्यसका लागि निक्कै चिन्तित रहन्छन्, किनकी कपाल झरेर तालु भएको अवस्थामा अधिकांस पुरुष आफु सुन्दर नदेखिनेमा चिन्ता गर्छन । एक अध्ययनअनुसार, पुरुषलाई आफ्नो वृद्धावस्थाको अवधिमा अर्काेमाथि निर्भर हुनु पर्ने डर लागिरहन्छ । पुरुषलाई सुरुबाटै स्वतन्त्र रहने बानी परेको हुन्छ, त्यसैले वृद्ध भएपछि अरुमाथि बोझ बन्नुपर्छ भन्ने चिन्ता गर्ने गर्छन ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र