• Breaking News

    2.07.2017

    तपाईसँग यस्ता कुरा छन् भने प्रेतआत्मा आकर्षित हुन्छ !

    काठमाडौं, २५ माघ । सबै सम्प्रदायले आत्मा र प्रेतात्माको अस्तित्वलाई स्विकार गरेकै छन । कुनै आत्मालाई जब मुक्ति मिल्दैन तब ऊ लोक र परलोकबीचमा भौतारिरहेको हुन्छ भनेर विभिन्न शास्त्रहरुमा उल्लेख गरिएको छ । यद्यपी शास्त्रमा उल्लेख भएको अर्को कुरा के छ भने – आत्माहरु जीवित मान्छेभन्दा टाढै रहन्छन । तर केहि यस्ता कुरा जो तपाईसँग छ त्यसकुरा कै कारणले त्यो भड्किरहेको आत्मालाई तपाईको नजिक तान्छ । शास्त्रका अनुसार तपाईसँग यस्ता कुराहरु भयो भने भड्किरहेको आत्मा तपाईतिर आकर्षित हुन्छ ।

    कपाल

    भनिन्छ, साँझ परेपछि महिलाले कपाललाई फिजाएर राख्न हुन्न । विशेष गरी औँसी र पूर्णिमाको छेउछाउमा झनै यस्तो गर्नुहुँदैन भनिन्छ । कारण, कपाल फिजाएर हिड्दा नकारात्मक शक्तिले तपाईमा प्रभाव पार्ने प्रयास गर्छ ।

    अत्तर

    सुगन्धप्रति नराकारात्मक शक्तिको गहिरो आकर्षण रहेको कारण रातको समयमा गाढा सुगन्ध भएको अत्तर प्रयोग गर्नुहुँदैन भनिन्छ ।

    सम्झना

    मरिसकेको व्यक्तिलाई बढी नसम्झिनुहोस । जब बढि सम्झनुहुन्छ तब उसको आत्मा तपाईको छेउछाउ आउँछ । त्यसैले त भन्ने गरिन्छ, यदि कुनै व्यक्तिको अत्येष्टिबाट फर्किरहेका बेला पछाडितिर फर्केर हेर्नु हुन्न ताकि उसलाई बिर्सियो भन्ने लागोस् ।

    फोहोर शरिर

    शरीर दुषित भएको बेला नकारात्मक शक्ति आकर्षित हुन्छ भनिन्छ ।

    दियो नबल्ने ठाउँ

    जुन ठाउँमा नियमित धुप वा दियो देखिँदैन, त्यहाँ नकारात्मक शक्तिहरु आफ्नो अधिकार जमाएर बसेका हुन्छन् ।

    गम्भिर बिरामी

    कुनै व्यक्ति गम्भिर रुपले बिरामी छ भने ऊ सँग आत्मा आकर्षित हुन्छ भनिन्छ । जब तपाई कमजोर बन्न थाल्नुहुन्छ, तपाईको वरपर नकारात्मक शक्तिहरु भौतारिन थाल्छन्, तर यदि तपाई भित्रैबाट स्वस्थ र बलियो हुनुहुन्छ भने नकारात्मक ऊर्जा तपाईमाथि हाबी हुन दिनुहुन्न । त्यसैले, सधैँ आत्मबल बनाई राख्नुपर्छ, ताकि नकारात्मक शक्तिको प्रभाव नपरोस् ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र