काठमाडौँ फाल्गुन १, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले क्रान्तिका नाममा प्रचण्ड र बाबुरामले जनताका छोरीछोरीको सपनामा खेलवाड गरेको आरोप लगाएका छन् । पार्टीको आठौँ महाधिवेशन उद्घाटन कार्यक्रमलाई काठमाडौको खुल्लामञ्चमा सम्बोधन गर्दै उनले क्रान्तिमाथी घात गरेकोले आफुहरुले क्रान्तिको झण्डा उठाएको दावी गरे ।
उनले भने ‘जनयुद्धमाथी प्रचण्ड र बाबुरामले अन्याय गरे । त्यसको रक्षा गर्न सकेनन् । यो जनयुद्धमाथी गरिएको घात हो ।’ नेता चन्दले बाबुरामले जनयुद्ध र क्रान्तिलाई धाको दिदै विदेशी शक्तीको सल्लाहमा नयाँ पार्टी खोलेको आरोप समेत लगाए । ‘प्रचण्ड र बाबुरामहरु कमाण्डर होईनन् । यिनीहरुले आफ्ना सिपाहीहरुको समेत रक्षा गर्न सकेनन् । आज सयौँ कार्यकर्तामाथी मुद्दा लगाईएको छ । जनयुद्धमा लागेकाहरुलाई अपराधि करार गरिदै छ ।’ उनले भने ‘सुशिला कार्कीले मुद्दा फिर्ता नलिए त्यसको हिसाव किताब संघर्षको मैदानमै हुन्छ ।
’ चन्दले प्रधानमन्त्री प्रचण्डले दिनभरी गरेको भाषण एमाले अध्यक्ष केपी शर्मा ओलीको एउटै टुक्काले खाईदिने समेत बताए । उनले भने ‘प्रचण्ड मोदीको अगाडी गरुडका अगाडी सर्प झुके जस्तै गरी झुके । एउटा सामान्य मानिस पनि त्यसरी झुक्दैन ।’ उनले आवश्यक परेको खण्डमा हतियार समेत उठाउने चेतावनी दिए । मोहन बैद्य नेतृत्वको माओवादीबाट फुटेको नेकपा माओवादीको महाधिवेशनको बन्दशत्र भने रोल्पाको थवाङमा हुनेछ ।