• Breaking News

    2.01.2017

    दिमागको दाहिने र देब्रे दुवै पाटोलाई सक्रिय गर्ने महत्वपुर्ण उपाय यस्ता छन


    काठमाडौं, २०  माघ । मानिसको दिमाग दुई भागमा बाँडिएको हुन्छ, देब्रे र दाहिने पाटो फरक फरक हुन्छ । दिमागको दाहिने र देब्रेपाटोको काम के के भन्ने बारेमा ठाँउ अनुसार फरक फरक धारणा सुन्न पाइन्छ । दिमागको दाहिने पाटोले शरिरको देब्रेपाटोलाई नियन्त्रण गर्छ भने दिमागको देब्रेपाटोले शरिरको दाहिने पाटोलाई नियन्त्रण गर्छ । दाहिने हातले कम्प्युटर वा मोबाइल चलाउदै हुनुहुन्छ भने त्यो तपाईको देब्रे दिमागको काम हो ।

    देब्रे दिमागको काम तर्क सम्बन्धित हुन्छ । विश्लेषण गर्ने, चनाखो हुने, वस्तुपरक सोच राख्न सक्ने, अनि तपाईलाई तर्कसंगत बनाउने काम देब्रे दिमागले गर्छ । आफुले बोल्ने भाषा, जानेका तथ्यहरु, विज्ञान, गणित अनि रणनिति देब्रे दिमागको काग हो । दाहिने दिमागको काम नितान्त फरक छ । भावना, कल्पना, विश्वास अनि विषयपरक सोच राख्ने काम दाहिने दिमागले गर्छ । तपाईलाई रचनात्मक बनाउने,ज्ञानी अनि विचारशील बनाउने, आँखाले देखेका दृश्यलाई सम्पादन देब्रे दिमागको काम हो । शारिरीक कसतर झै दिमागको पनि कसरत गराउन सकिन्छ ।

    यसरी गर्नुहोस देब्रे दिमागको कसरत

    – व्यवस्थित ढङ्गले काम गर्दा समयको त बचत हुन्छ नै गरेको कामको प्रतिफल पनि राम्रो पाइन्छ । यसरी समय–तालिका बनाएर कार्य गर्दा देब्रे दिमागको भरपुर उपयोग गर्न सकिन्छ ।

    – नयाँ शीप, भाषा वा काम सिक्दा देब्रे दिमागको कार्यमा निखारता आउँछ ।

    – सोच्नु पर्ने खेल तथा कार्यहरु जस्तै, क्रसवर्ड, सुडोकु, चेस अनि गणितका अप्ठ्यारा समस्या समाधान गर्ने बानीले देब्रे दिमागको राम्रो प्रयोग हुन्छ । अनलाईनमा सजिलै भेट्न सकिने विभिन्न किसिमका टेस्टहरुको प्रयोगले आफ्नो क्षमता अनि सोच्न सक्ने खुबी निखार्न सकिन्छ ।

    – शब्द अनि व्याकरण मिलेको तर छोटो वाक्यहरु बनाउनाले देब्रे दिमागको तर्क गर्न सक्ने गुणमा विकास हुन्छ । आफुले भन्न चाहेको वाक्यलाई शब्द सीमा तोक्दा देब्रे दिमागको प्रयोग उचित ढङ्गले गर्न सकिन्छ ।

    – किताब पढ्ने गर्नुहोस । तर होस गर्नुहोस् किताब सरर मात्र पढ्नाले कालान्तरमा तपाईको देब्रे दिमाग कमजोर बनाउँछ । ध्यान दिएर पढ्नुहोस्, बुझेर पढ्नुहोस् ।

    दाहिने दिमागको कसरत यसरी गर्नुहोस्

    – एउटा जापानी कला छ, कागज पट्याएर विभिन्न आकृति बनाउने जसलाई ‘ओरिगामी’ पनि भनिन्छ । खाली समय छ, कागज लिनुहोस् अनि पट्याउन थाल्नुहोस । कागज पट्याएरै विभिन्न आकृति बनाउन सकिन्छ । ओरिगामी सिक्न इन्टरनेटको पनि उपयोग गर्न सकिन्छ । वा घरमै बसी आफै कागज पट्याउदै दाहिने दिमागको सिर्जनशीलतालाई जगाउन सक्नुहुन्छ ।

    – संगितमा चासो छ ? नृत्यमा चासो छ ? अभिनय गर्न सक्नुहुन्छ, वा लेख्न मन लाग्छ ? यी सबै दाहिने दिमागको कार्यहरु हुन । सांगितिक बाजा बजाउने कार्यले पनि दाहिने दिमागको राम्रो उपयोग गर्छ ।

    – कुनै रणनिति वा उपाय सोच्नुहोस् जुन जीवनमा उपयोग गर्न सकियोस । सोचेर जीवनमा लागु गर्नुहोस । साथै ब्याटमिन्टन, टेनिस, टेबल टेनिस जस्तो खेल खेल्दा दाहिने दिमाग सबैभन्दा सक्रिय अवस्थामा हुन्छ ।

    – दाहिने दिमाग रचनात्मक कार्य गर्न सक्छ, किनकी दाहिने दिमागले नै कल्पना पनि गर्न सक्छ । दाहिने दिमागको यो कार्यमा निखारता ल्याउन चित्र बनाउने गर्नुहोस । चित्र जस्तो सुकै बनाएपनि उठ्नहोस् अनि दिनको केही समय चित्र बनाउन लगाउनुहोस । हातमा रंग बोकेर चित्रबनाउन सुरु गर्नुपूर्व तपाईको दिमागले के बनाउने कल्पना गर्न थाल्छ, अनि रचना गर्छ, सोही अनुसार तपाईको दिमागले हातलाई निर्देशन दिन्छ । यो कार्यले दाहिने दिमागको रचनात्मक गुणमा विकास गर्न सकिन्छ ।

    – फोटोग्राफिक मेमोरी बढाउन ध्यान दिएर हेर्नेबानी गर्नुहोस । टेबल अगाडी हुनुहुन्छ भने केही मिनेट ध्यानले सबै टेबलमाथी राखिएका वस्तुहरु हेर्नुहोस । आँखा चिम्म गर्नुहोस् अनि ती टेबलमा भएका चिजहरु याद गर्ने प्रयास गर्नुहोस । नाम याद गर्ने होइन, जे आँखाले देख्नु भयो सो याद गर्नुहोस । दैनिक यस्तो अभ्यासले तपाईको फोटोग्राफिक स्मरणशक्ति बढ्छ । अनि झट्ट केही देख्दा वा पढ्दा पनि तपाइले राम्रोसंग सम्झनसक्ने गुणको विकास हुन्छ ।

    देब्रे र दाहिने दिमाग सक्रियताको सन्तुलन यसरी गर्नुहोस

    – तपाईको कुन हात बढी प्रयोगमा आउँछ, दाहिने? अब देब्रेले काम गर्न सुरु गर्नुहोस । देब्रेले लेखेर हेर्नुहोस । सुरु सुरुमा निकै अप्ठ्यारो लाग्छ । तर दिनको केही समयको अभ्यासले पनि केही महिनामा त्यो असहजता रहदैन ।

    – दिमागको दुवैपाटो एकै साथ प्रयोगमा ल्याउन करिब ८० वर्ष पहिले मनोवैज्ञानिक जोन स्ट्रुपले एक उपाय निकालेका थिए ।

    – रंगिन कलमहरु लिनुहोस, रातो, हरियो, पहेलो, कालो आदि आदि अनि निलो कलमले पहेलो लेख्नुहोस्, कालो कमलले हरियो लेख्नुहोस्, फरक रंगको नाम अर्कै रंगले लेख्नुहोस । अनि लेखेको पढ्न सुरु गर्नुहोस्, तर पहेलो लेख्नु भएको छ भने ‘पहेलो’ भनि पढ्न पाइदैन, जुन रंगले लेख्नु भएको छ त्यो रंगको नाम लिनुहोस् ।

    तलको तस्बिरमा अक्षरहरु (हरियो, निलो, रातो, पहेँलो र कालो) रंगले लेखिएका छन । पहिलो अक्षर निलो लेखिएको छ हरियो रंगले । प्रत्येक शब्दको रंग पढ्नुहोस । जस्तो सुरुको निलो शब्दलाई पढ्दा हरियो, दोस्रो निलो ।


    यस्तो अभ्याले दाहिने र देब्रे दिमागको बिचमा रहेको एक क्षेत्र सक्रिय हुने गर्छ जसले दाहिने र देब्रे दिमागको बिचको सञ्चार राम्रो बनाउन मद्धत गर्छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र