शुक्रबार, ६ फागुन,
काठमाडौं । आईजीपी प्रकरण त एउटा निहुँ मात्र हो । तर त्यही माध्यमले प्रचण्डले सत्ता लम्ब्याउने दोहोरो अस्त्र फालेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले भने अनुसार जयबहादुर चन्दको आजीपी बढुवा गर्दा आफ्नो सत्ता केही महिना लम्ब्याउन सफल भएका छन् प्रचण्ड ।
प्रचण्ड स्वयंले आइजीपी भन्दा सत्तासाझेदार दल नै महत्वपूर्ण हो भनिसकेका छन् । देउवाको अडानमा खेलेर प्रचण्डले सत्ता लम्ब्याउन नसकेको भए बैशाखसम्म प्रधानमन्त्रीको कुर्सी छाड्नुपर्ने हुन्थ्यो । अब देउवा केही समय चुप लाग्ने विचारमा छन् ।
उता प्रतिपक्षमा रहेको नेकपा एमालेले सत्ता गठबन्धनमा आइजीपी बढुवा प्रकरणले देखिएको समस्याको फाइदा उठाउँदै नयाँ तुरुप हानेको छ ।
अदालतमा विचाराधिन रहेको अवस्थामा आइजीपी बढुवा विरुद्ध फैसला भए सरकारमा रहेका दलहरु सत्ता छोड्न बाध्य हुने परिस्थिती समेत आउन सक्छ । एमाले यही विषयमा खेल्न थालिसकेको छ । यतिबेला सबैभन्दा फाइदा एमालेलाई पुग्ने र घाटा कांग्रेसलाई पुग्न सक्छ । आजको विमर्श साप्ताहिकमा समाचार छ ।