• Breaking News

    2.24.2017

    सर्जरीले बिग्रियो आयशा टाकियाको अनुहार !

    एजेन्सी, फागुन १४ 

    पछिल्लो समय कस्मेटिक सर्जरी गर्ने बलिउड अभिनेत्रीहरु निकै छन्। कतिले सर्जरी गरेको खुलस्त स्वीकार गरेका छन् भने कतिले नकार्दै आएका छन्। पछिल्लो समय अनुस्का शर्माले आफ्नो ओठ सर्जरी गर्दा उनका निकै परिवर्तन आएको थियो र यो घटनाले निकै चर्चा पाएको थियो।

    अहिले आएर फिल्मी जगतबाट धेरै समयदेखि टाढा रहेकी अभिनेत्री आयशा टाकियाको पनि निकै चर्चा भइरहेको छ। उनी चर्चामा आउनुको कारण पनि उनको ‘लुक्स’ नै हो।

    सुन्दर नायिकामा पर्ने आयशाका केही फोटाहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् जसमा उनको अनुहार पुरै बद्लिएको देख्न सकिन्छ। मुम्बइमा एक कार्यक्रममा सहभागी हुँदाका उनका ती तस्बिरमा उनले ओठको सर्जरी गरेको जस्तो देखिन्छ। यसले उनको अनुहार राम्रो हुनुको साटो बिग्रेको छ। उनको ओठ फुलेको जस्तो देखिएको छ जसकारण उनको सुन्दरता नै खराब भएको छ।

    तर उनले वास्तवमै सर्जरी गरेकी हुन् या उनको मेकअप बिग्रेको थियो भन्ने कुनै पुष्टि भएको छैन। तर उनका यी तस्बिरको सामाजिक संजालमा निकै मजाक उडाइएको छ। आयशाले आफू चाँडै फिल्ममा फर्किने पनि बताएकी छन्। 


    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र