• Breaking News

    2.05.2017

    जिरो प्वाइन्ट नजिकै एक महिलाको हत्या

    जाजरकोट, माघ २३ – जाजरकोट डोल्पा सडक खण्डको जिरो प्वाइन्ट नजिकै पासागाड खोलामा एक महिलाको शव फेला परेको छ । आइतबार बिहान घाँस काट्न जाने क्रममा महिलाको शव स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए  ।  सदरमुकाम खलंगा नजिकै रहेको पासागाड खोलामा भेटिएको शवको हेर्दा कसैले धारीलो हतियार प्रहार गरी हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । उनको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । 
    मृत महिला भेरीमालिका नगरपालिका–४ बोहराकी २८ वर्षे राधिका सुनार भएको प्रहरी नायव उपरीक्षक भाबेष रिमालले जानकारी दिनुभयो । आइतबार बिहान  भेटिएको शवलाई पोष्टमार्टको लागि जिल्ला अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
    घटना कसरी भयो भन्ने कुरा अहिलेसम्म केही नखुलेको र घटनाको आवश्यक अनुसन्धान भइरहेको जाजरकोट प्रहरीले जनाएको छ ।
    मृतक राधिका सुनार दलबहादुर सुनारकी श्रीमती हुन् । दलबहादुर सुनार नेपाली सेनामा कार्यरत छन् । सुनारका दुई नाबालक छोरा छन् ।
    via : ujyaaloonline.com

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र