• Breaking News

    2.11.2017

    दिल्ली पुगेका नारायणकाजीले ‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न’ भन्दै भारतीय नेतालाई दिल्लीमै थर्काए

    फाल्गुन १, काठमाण्डु – एकीकृत माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भारतीय नेताहरूलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेका छन् ।
    शुक्रबार दिल्ली आएका नेता श्रेष्ठले भारतीय कांग्रेस आईका नेताहरू डा. करणसिंह र मनिशंकर अयरसँगको भेटमा नेपालको निर्णय नेपाली आफैंले गर्ने बताए ।
    नेपालमा संविधान संशोधन र निर्वाचन घोषणाबारे दलहरूबीच तीव्र वार्ता र संवाद भइरहेको समयमा सत्तारूढ दलका एक उच्च नेताको भारत भ्रमण र राजनीतिक भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ।

    श्रेष्ठले भारतीय नेताहरूसँगको भेटमा आफूले स्पष्ट रूपमा दुई देशको समस्याबारे कुरा राखेको समेत बताए । पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले भारतीय जनता पार्टीका महासचिव राममाधव तथा अन्य भारतीय नेताहरूसँग सोमबार र मंगलबार भेटघाट गर्ने कार्यक्रम छ ।
    यस अगाडि पार्टीको प्रवासी संगठन अखिल भारत नेपाली एकता मञ्चले आयोजना गरेको संघीयताका चुनौतीहरू विषयक अन्तरक्रिया कार्यक्रममा नेता श्रेष्ठ सहभागी भएका थिए ।
    त्यस कार्यक्रममा उनले तराईको समथर भूभागको छुट्टै प्रदेश हुनुपर्ने माग र नेपालको संविधान संशोधनमा भारतको चासो गम्भीर भएको बताए ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र