• Breaking News

    2.09.2017

    एक महिलाको टाउकोभित्र भेटियो ज्युँदो साङ्लो, १२ घण्टापछि निकालियो


    माघ २८  – दक्षिण भारतीय राज्य चेन्नइमा एक महिलाको टाउको भित्रबाट ज्युँदो साङ्लो निकालिएको छ । राति सुतिरहेकी ४२ वर्षकी ति महिलालाई राति अचानक टाउको दुख्न थाल्यो । दुखाई सामान्य थिएन । 
    टाउको भित्र केही सलबलाएको जस्तो, चिलाएको जस्तो दुखाइ थियो त्यो । श्वास प्रश्वासमासमेत समस्या आएपछि ती महिला ‘स्टान्ले मेडिकल कलेज’मा उपचारका लागि पुगिन् । चिकित्सकले इन्डोस्कोपी गरेर दुखाइको कारण पत्ता लगाए । सुरुमा त चिकित्सकले केही देखेनन् तर केहीबेर पछि केही जिवाणुको खुट्टा चलेको जस्तो देखे । 
    मेडिकल कलेजका प्रोफेसर तथा नाक कान घाँटीका विशेषज्ञ चिकित्सक एम. एन. शंकरले सुरुमा त के भनेर ठम्याउन नसकिएको बताउनुभयो । चिकित्सकहरुले ४५ मिनेटको प्रयासमा उक्त साङ्लो महिलाको टाउको भित्रबाट निकालेका थिए । साङ्लो झण्डै एक इन्च लामो र जिवितै रहेको संलग्न चिकित्सकलाई उद्धृत गर्दै सिएनएनले उल्लेख गरेको छ । 

    साङ्लो झण्डै १२ घण्टा ती महिलाको टाउको भित्र रह्यो । यदि भित्रै मरेको भए त्यसले संक्रमण फैलाउन सक्ने र अवस्था झन डरलाग्दो हुन सक्ने शंकरले बताउनुभएको छ । यसअघि मानिसको शरिरबाट झिंगा तथा अरु जिवाणु निकालेको भएपनि साङ्लो निकालिएको पहिलो पटक भएको चिकित्सकहरु बताउँछन् ।
    http://ujyaaloonline.com/

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र