• Breaking News

    2.20.2017

    १९ वर्षमा निर्माण सम्पन्न सडक दुई वर्षमै भत्कियो

     मंगलबार, १० फागुन, 

    काठमाडौं । बीपी राजमार्गको प्राविधि अध्ययन टोलीले दिएको प्रतिवेदनविपरीत ठूला सवारीसाधन सञ्चालनमा ल्याउँदा सो राजमार्ग भासिएको छ ।

    पूर्वी नेपालसँग राजधानी जोड्ने छोटो दूरीको बीपी राजमार्ग अत्यन्तै बलियो र वातावरणीय हिसाबले मुलुककै उदाहरणीय सडक मानिएको थियो । तर, सञ्चालनमा आएको छोटो समयमै सडक भासिएपछि सो राजमार्गको भविष्यप्रति पनि प्रश्नचिह्न खडा भएको छ ।

    १९ वर्ष लगाएर बनाइएको १ सय ५८ किलोमिटर लामो बीपी राजमार्ग निर्माणमा जापान सहयोग नियोग (जाइका) ले अनुदान सहयोग गरेको थियो ।

    करिब २५ अर्ब रूपैयाँ लगाएर निर्माण गरिएको सो सडक जाइकाले २०७१ सालको अन्त्यमा मात्र निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तर दुर्भाग्य एक लेन सडक दुई वर्षमै भत्कियो ।

    सो सडकखण्डलाई गोरखा भूकम्पले पनि असर पुर्याएको प्राविधिकहरूको दाबी छ । आइतबार राति करिब ३० मिटर सडक सुनकोसी नदीमा खसेको छ । सिन्धुलीको शीतलपाटी–बेनीघाट–खाल्टे खण्डको राजमार्ग सुनकोसीमा खसेको हो । यद्यपि, वैकल्पिक बाटो प्रयोग गरी सोमबार साँझदेखि राजमार्ग सञ्चालनमा ल्याइएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र