• Breaking News

    2.19.2017

    लिभिङ टुगेदर बिग्रिए बलात्कार!

    ९ फागुन, काठमाडौं।

    गोरखाका २८ वर्षीय बिनोद कुमार (नाम परिवर्तन) र गोरखाकै अनिता खत्री (नाम परिवर्तन) करिब आठ वर्षअघि काठमाडौंमा ‘लिभ-इन रिलेसनसिप’मा थिए ।

    यसबीचमा बिनोद कोरिया गए। कोरियामा रहँदा पनि बिनोद र अनिताबीच सुमधुर सम्बन्ध रह्यो । बिनोदले अनितालाई नियमित रुपमा पैसा र उपहार पठाइरहे तर कोरियाबाट फर्केपछि भने बिनोदले अनितासँग बिहे गर्न अस्वीकार गरे। आजको नागरिक दैनिकमा खबर छापिएको छ।

    आफू कोरियामा भएको बेला अनिताले नेपालमा अर्कै केटासँग सम्बन्ध जोडेको र कोरियाबाट पठाएका उपहार केटा साथीलाई दिएको बिनोदको दाबी थियो । बिनोदले बिहे गर्न अस्वीकार गरेपछि अनिताले गत असोज ३० मा महानगरीय प्रहरी वृत्त महिला तथा बालबालिका सेवा केन्द्र कालीमाटीमा उजुरी गरिन्।

    केन्द्रले समस्या समाधानका लागि पहल गरे पनि सहमति जुट्न नसकेपछि अनिताले बिनोदविरुद्ध जिल्ला अदालत काठमाडौंमा बलात्कार मुद्दा दायर गरिन्। बलात्कारको आरोप लगाए पनि अनुसन्धानका क्रममा बिनोदको दाबी बलियो देखियो।

    अनिताको पनि गल्ती देखियो। त्यसपछि अदालतले बिनोदलाई धरैटीमा रिहा गर्‍यो। सामान्यतया यस्ता मुद्दामा आरोपितलाई जेल पठाउने प्रावधान भए पनि यस घटनामा केटीको गल्ती देखिएकोले अदालतले बिनोदलाई धरौटीमा छोडेको थियो।


    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र