• Breaking News

    2.20.2017

    वैशाख ३१ गते स्थानीय तहको चुनाव गर्ने घोषणा

    काठमाडौं, फागुन ९ – सरकारले आगामी वैशाख ३१ गते आइतबार स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको छ । सोमबार बेलुकी बसेको मन्त्रीपरिषदको बैठकले बैशाख ३१ गते चुनाव गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

    निर्वाचन आयोगको सुझावको आधारमा सरकारले चुनावको मिति तय गरेको हो । मन्त्रीपरिषद बैठकअघि भएको छलफलमा निर्वाचन आयोगले वैशाख ३१ गते स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव दिएको थियो । 
    सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलका क्रममा निर्वाचन आयोगका आयुक्तले वैशाख ३१ गते एकै चरणमा चुनाव गर्ने गरी मिति तय गर्न सरकारलाई सुझाव दिएको आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले जानकारी दिनुभयो । कठिन परिस्थितिका बावजुत पनि देशको अवस्थाका कारण छोटो समयमा चुनाव गर्न आयोग प्रतिबद्ध रहेको उहाँको भनाई छ । उहाँले चुनावका लागि अब सबै क्षेत्रलाई सहयोग गर्न आग्रह पनि गर्नुभयो ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र