• Breaking News

    2.21.2017

    सुरक्षा नपाएपछि लोकमान लुसुक्क विदेशतिर

     बुधबार, ११ फागुन,

    काठमाडौं । अख्तियार प्रमुख रहँदा सयौं ठूला हरुको निद हराम गराएका लोकमानसिंह कार्की पदबाट हटेलगत्तै लुसुक्क विदेशतिर किन लागे होलान् ? धेरैलाई लाग्न सक्छ उनीमाथि जे जस्तो अभियोग लगाइयो त्यसबाट केही लाज भएर हिडेका हुन् । कसैलाई यो पनि लाग्न सक्छ कि अब जीवनको उत्तराद्र्ध धर्मकर्ममा लागेर बिताउने निर्णय गरेका हुन सक्छन् तर यथार्थ भने अर्कै रहेछ । यनी नेपालमै बस्दा सुरक्षा सुविधा मागेको तर नपाएको स्थिति रहेछ ।

    प्राप्त सुचनाअनुसार सर्वोच्चले पदमुक्त गर्न आदेश दिए लगत्तै उनले क्याबिनेटले पहल्यै गरेको एउटा निर्णय कार्यान्वयनको माग राखेका थिए । सरकार समक्ष प्रस्तुत सो मागसम्बन्धमा गृहलेपनि क्याबिनेटसमक्ष चलाखीपूर्ण सिफारिस गर्यो, प्रचलित कानुनबमोजिम हुने गरी । कानुनमा संवैधानिक अंगका प्रमुखहरुलाई पदमुक्त भएपछि के के सुरक्षा दिने स्पष्ट व्यवस्था छैन ।

    लोकमानले मात्र त्यस्तो सुविधा प्राप्त गर्न सम्भवपनि भएन । त्यसो भए उनले त्यस्तो सुविधा कुन आधारले माग गरे ? सुशील कोइराला प्रधानमन्त्री रहेको बेला ०७१ चैत्र तेस्रो साता क्याबिनेट बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई पदमा रहँदा नेपालक प्रहरीबाट अगुवा–पछुवासहितको पर्याप्त सुरक्षा प्रबन्ध मिलाउने र अवकाश जीवनमा समेत पछुवा सहितको सुरक्षा प्रबन्ध निर्णय गरेको रहेछ । सोही निर्णयको कार्यान्वयनकोे माग राख्दै लोकमानले पदमुक्त हुनासाथ यस्तो निर्णय गरेको थियो । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र