बिहिबार, माघ २७,
एजेन्सी । बंगलादेशको चटगांवमा एक चर्चित मोडल ज्याकलिन मिथिलाले फ्रेब्रुअरी ३ तारिखमा पासो लगाएर आत्महत्या गरेकी छिन् । मोडलका बुवा स्वप्न शीले बुधबार यसबारे मिडियालाई जानकारी दिएका हुन् । मोडल मिथिलाले आत्महत्या गर्नु केही दिन पहिले फेसबुक पोष्टमा लेखेकी थिइन्, ‘म भोली आत्महत्या गर्नेछु । मलाई कसैले धोका दिएको छ न, न मैले कसैलाई । तर पनि म भोली आत्महत्या गर्नेछु ।’
ज्याकलिनका बुवाले आफ्नी छोरीको यो कदमलाई उनको श्रीमानको घरलाई दोषी बताएका छन् । उनले भने, ‘मेरी छोरीले आफ्ना सासू–ससूराको अपमानजनक व्यवहारले आजित भएर आत्महत्या गरेकी हुन् । मिथिला र उनका श्रीमानबिच दैनिक झगडा हुन्थ्यो । उनको घरका सदस्यले उनलाई निच देखाउन कुनै मौका छोड्दैनथे । उनीहरुको यस्तो व्यवहारले मेरी छोरीले आत्महत्या गर्न बाध्य भइन् । मेरी एक्ली छोरीको मृत्यु भइसकेको छ । मलाई न्याय चाहियो ।’
पुलिसका अनुसार मिडियामा ज्याकलिन मिथिलाको नामले चिनिने जयाशीलले फेब्रअुरी ३ तारिखमा आत्महत्या गरेकी छिन् । युवतीका बुवा स्वप्न शीलले आठ व्यक्तिविरुद्ध मुद्दा दर्ता गराएका छन् । मुद्दाको अनुसन्धान सुरु भइसकेको छ । जयाले उतपल रोय नामका व्यक्तिसाग विवाह गरेकी थिइन् । एजेन्सीको सहयोगमा