काठमाण्डु, २ फागुन– रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई सांसद बनाउन भारतीय सत्तारुढ पक्षबाट दबाब आएको छ । धमलालाई मन्त्रिपरिषद्बाट मनोनित गर्ने २६ जना मध्येबाट सांसद नियुक्ती गर्न दिल्लीको दबाब आएको हो । मन्त्रीपरिषदले २६ जना नियुक्ती गर्नुपर्नेमा २४ मात्र मनोनित गरेको छ ।
दुई पद खाली छ यद्यपी कुनै कारणले सांसद पद खाली भएमा पदपूर्ति गर्न नमिल्ने संवैधानिक व्यवस्था छ । केही सांसदले राजीनामा दिएको र सुशिल काईरालासहित केहीको मृत्यु भएका कारण कुल ६०१ सदस्यीय संसदमा हाल ५९५ जना सदसय छन् । स्रोतका अनुसार धमलालाई मन्त्रिपरिषदबाट सांसद मनोनित गर्न सत्तारुढ भारतीय जनता पार्टीका पूर्वउपाध्यक्ष तथा लोकसभाका सांसद भगतसिँह कोशिपारीले नेपालका प्रमुख नेतालाई दबाब दिएका हुन् । कोसिपारी प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिन्छन् ।
स्रोतका अनुसार कोसीपारीले धमलालाई सांसद बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख पतिपक्षी एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधनकुमार नेपाललगायत नेतालाई आग्रह गरेका छन् । तर , नेताहरुले सकारात्मक जवाफ नदिएको बुझिएको छ ।
धमलाले आफूलाई सांसद बन्न प्रस्ताव आएको स्वीकार गरे । आफूलाई रुची नभएको जवाफ दिएको बताए । ‘मलाई सांसद बन्न कतैबाट प्रस्ताव आएको हो ।’ धमलाले काठमाण्डु टुडेसँग भने, ‘तर तर मैले रुची नभएको जवाफ दिए ।’
via : http://kathmandutoday.com/2017/02/232339.html#sthash.KpEQlEpU.dpuf