• Breaking News

    2.06.2017

    तपाईको पुर्वजन्म भएको थियो भनेर थाहा पाउने पुर्वजन्मका १४ प्रमाण

    काठमाडौं, २५ माघ । विश्वका सबैजस्ता धर्म सम्प्रदायले आत्मा एक अनि अमर हुन्छन् भनि बताउँछन । एउटा भौतिक शरिरको मृत्यु भएपछि आत्मा अर्काे शरिरको खोजीमा रहन्छ । समयको बहाबसंगै एउटा आत्माले अर्काे शरिरमा जन्म लिन्छ भनि विभिन्न प्रयोग गरेर हेरिएको पनि छ । यसबारेमा धेरै सिद्दान्तहरु चलिआएको भएतापनि यस्तो किन हुन्छ भन्नेबारेमा अहिलेसम्म कुनै ठोस प्रमाण भने भेटिएको छैन । आधार के छ, के आत्मा पुर्नजन्म हुन्छ त ?

    पृथ्वीमा मानिसको जन्मलाइ प्रेम, ईमानदारी, खुशी, विनम्रता, जस्ता गुणहरु आर्जनको लागि हो भनि बयान गर्न सकिन्छ । सांसारिक दुनियामा शरिरको मृत्यु भएपछि आत्माले परमात्मामा हुनुपर्ने गुण आर्जन गरेनगरेको लेखाजोखा हुन्छ । यदि आत्मामा त्यस्ता गुण छैनन भने फेरी सांसारिक दुनियामै भौतिक शरिरको खोजिमा निस्कन्छ आत्मा । मानव शरिर त केवल आत्मा परमात्मा हुनको लागि पार गर्नुपर्ने बाटो हो । जसले बुझ्छ, उसलाइ बुझाउनु पर्दैन । आफुलाइ बुझ्ने चेष्टागर्नुनै सच्चा अध्यात्म हो । आफुलाइ चिन्नुहोस् अनि अन्यलाइ पनि चिन्न सजिलो हुन्छ।

    के तपाईको आत्माको जन्म पहिले पनि भएको थियो ?

    धेरै तरिकाबाट तपाई पृथ्वीमा पहिले पनि जन्मनुभएको थियो भनि थाहा पाउन सकिन्छ । ‘हिप्नोथेरापिस्ट’कोमा गएर पुरानो जन्मको अनुभव गराउन सक्नुहुन्छ । ध्यान गरेर अनुभुत गर्नसक्नुहुन्छ कि तपाई पहिले जन्मनुभएको थियो । यहाँ केहि संकेतको बारेमा चर्चा गरिएको छ, जसले ‘तपाईको यो पहिलो जन्म हैन‘ भनि भन्छ ।

    हरेक रात एउटै सपना

    सपना तपाईले जीवनमा भोगेका कुराहरुको प्रतिबिम्ब हो । के तपाईले एउटैखालको सपना धेरै पटक देख्नुभएको छ ? के ती सपनामा देखिएका ठाँउ अथवा मानिसहरु अलि पुरानो समयका त हैनन् ? के ती सपनामा तपाईको मृत्यु भएको छ ? तपाईको आत्माले पुराना दबेका यादहरु सम्झाउन खोजेको हुन सक्छ । तैपनि यसबाट पुर्वजन्म भएकै थियो भनेर ठ्याक्कै भन्न भने सकिन्न ।

    अन्र्तज्ञान

    तपाईले जीवनमा अनुभुत गरेका कुरा अनि सङ्गालेका अनुभवले तपाईमा बौद्धिकता बढ्छ, जीवन के हो भन्ने बुझ्नुहुन्छ, बाँच्नुको सार्थकता प्रस्ट हुन्छ । अन्र्तज्ञान , तपाईले आर्जेको ज्ञान अनि क्षमता भन्दा परको हो । कुनै काम वा निर्णय गर्नुपुर्व सहि बाटो छान्न लागि ज्ञानको आवश्यक पर्छ, सहि र गलत छुट्याउने बौद्धिकताको खाँचो हुन्छ । जीवनका अनुभवहरुबाट सिकेका अनि जानेका शिक्षा नै ती कामहरु सम्पन्न गर्नमा काम आँउछन्, तर सधै यस्तो हुदैन ।

    जति तपाई आध्यात्मिक हुनुहुन्छ त्यति तपाईको आत्मा उसको वास्तविक स्वरुप (निर्वाणा) तिर लम्कन्छ । जसले हामीमा बौद्धिकता थप्छ, अंतज्र्ञान बढ्छ । तपाईको सबैजन्मका अनुभवहरु एकत्रित हुन्छन्, आत्मा एक हुनेछ । आध्यामिक हुनुको अर्थ कुनै संम्प्रदायमा लिन हुनुहोस् भन्ने पटक्कै हैन । साच्चैको धर्मलोप हुदैछ, तपाईले बुझ्ने धर्म त केवल कुनै सम्प्रदायको हो । धर्म त प्राकृतिक हुन्छ, प्रकृतिको नियम नै धर्म हो । रिस गर्नुहोस्, तपाईलाइ कष्ट हुन्छ, खुसी हुनुहोस् अन्यलाइ पनि खुसी मिल्छ । धर्म त केवल तपाईको आत्माको लागि चाहिने आहार हो । यदि अंतज्र्ञान को अनुभुति हुन्छ भने जान्नुहोस् तपाईको आत्मा पुर्ण हुदैछ, अनि तपाईमा बौद्धिकता बढ्दैछ । तपाईले आफु ५ बर्ष उमेरको हुँदा माघ महिनाको बिहान के गर्नुभएको थियो ? याद छ तपाईलाइ ? पुर्वजन्म तपाईले याद गर्ननसक्नु भएको जीवन हो । तपाईले बिर्सिएको समय हो । त्यो याद गर्नुनै सायद अंतज्र्ञान होला ।

    अनौठा यादहरु

    कयौं पटक बच्चाहरुले अनौठा यादहरु सम्झेका घटनाहरु पाइएको छ । सामान्यरुपमा बच्चाहरु पुराना समयका घटनाहरु बढि याद गर्ने सक्ने हुन्छन । सुन्दा काल्पनिक लाग्ने त्यस्ता स्मृतिहरु बिस्तारमा सुन्दा सत्यनै सावित भएका छन । बालकपनको बेला पुर्वजन्मका यादहरु बढी ताजा हुने गर्दछ । जति धेरै पुर्वजन्म थिए, त्यति नै त्यस्ता यादहरु बढी सम्झन्न खोज्छ मस्तिष्कले । तर दिमागले यस्ता कुराहरु कल्पना गरेको पनि हुन सक्छ । त्यसैले केवल अनौठा यादहरु आउनाले मात्र पुर्वजन्मको संकेत गरेको भनेर भन्न सकिन्न ।

    ‘देजा भु’

    ‘देजा भु’ भन्नाले त्यस्तो अनौठो अनुभव हो जुन तत्काल अनुभुत भइरहेका घटना, तत्कालको परिस्थिती, वा भर्खरै घटेका घटना पहिले कतै भएको भान हुन्छ । कुनै गन्ध, आवाज, दृश्य, स्वाद वा अन्यकुनै अवस्थाले ‘देजा भु’ हुने गर्छ । कुनै कुरा कतै देखेको झै लाग्छ, भर्खरै बोलेको कुरा पहिल्यै बोलेको जस्तो लाग्छ, कसैलाइ भेटदाको अवस्था पहिल्यै अनुभव भएको जस्तो भान हुन्छ भने त्यो देजा भु भएको हो । न्युरोनहरुको काममा गडबढी भएर यस्तो अनुभव हुने पनि बताइन्छ । कुनै अर्कै दुनिया (प्यारलल युनिभर्स) को अस्तित्वको कारणले पनि यस्तो अनुभव हुन्छ भन्छन् एकथरि । केहि भने पुर्वजन्मको घटनाहरुको धमिलो याद भनि पनि भन्छन ।

    अन्यको बढी ख्याल गर्ने

    आत्मा जति परिपक्व हुन्छ त्यति नै संवेदनाहरु ख्याल गर्न सक्छ, महसुस गर्ने क्षमता बढ्छ । केही अवस्थामा त शारीरिक दुखाइ वा अन्य तवरले पनि विभिन्न संवेदनाहरु महसुस गराउन सक्छ परिपक्व भएको आत्माले । अरुको भावना अनि अवस्था अनुभुत गर्ने गर्छ यस्तो आत्माले । आफ्नो वरिपरि भएका अन्य मानिसको अवस्था ख्याल गर्ने, अनि आफुले नै ति मानिसहरुको अनुभुतिहरु अनुभव गर्ने गुणको विकास हुन जान्छ । यस्ता गुणहरु विकास भएको छ भने, ठुलो हुल वा भिडभाडमा गाह्रो अनुभव हुने पनि हुन्छ । यस्तो आत्माको जन्म पहिले पनि भएको र आफु भन्दा पनि वरिपरिका अन्य आत्माको अवस्थाप्रति सहानुभुती गर्ने बानीको बिकास भएको हुन सक्छ ।

    शान्त अनि धैर्यवान

    आत्मा यदि जवान छ भने, अर्थात आत्माको जन्म केही पटक मात्र भएको छ भने त्यस्तो आत्मा बढी चन्चल हुने गर्छ । जन्मदेखि नै शान्त अनि धैर्यवान छ भने त्यो मानिसको आत्माले परिपक्वता हासिल गर्दैछ भन्ने बुझ्न सकिन्छ । मानिसको व्यक्तित्व नै आत्मा हो । तपाई नै आत्मा हो । तपाईको आफ्नो भन्नु नै आत्मा हो । अर्थात, तपाई अनि तपाईको व्यक्तित्व नै आत्मा हो । व्यक्तित्व निखारिएको छ भने आत्मा पुरानो छ, धेरै अनुभवी छ, नयाँ शरीरमा जन्मदा नै पुराना सिकेका कुराहरु पनि ल्याएको छ, पुरानो जन्मको ज्ञान व्यक्तित्वको रुपमा आएको छ अनि पुर्वजन्ममा सिक्न नसकेका कुरा अब सिक्नुपर्नेछ ।

    इतिहासको प्रेम

    इतिहासका कुनै कालखण्डमा तपाईको चासो बढी जान्छ वा इतिहासका कुनै व्यक्तिहरुको बारेमा जानकारी राख्न मन लाग्छ भने संभवत तपाईको पुर्वजन्म सोही कालखण्डमा पनि भएको थियो भनि भन्न सकिन्छ । मानिसलाइ जहिल्यै आफ्नो कुरा बढी चासो लाग्छ, बढी ख्याल राखिन्छ आफुसंग सम्बन्धित कुराहरु ।

    बिना कारणको डर

    यो सत्य हो या हैन तर धेरै मानिसहरुको भनाइमा, पुर्वजन्मका दुख, आघात वा दुर्घटनाका यादहरु यो जन्ममा डरको रुपमा प्रकट हुन्छन । अग्लो ठाँउदेखि लाग्ने डर, आगो देखि लाग्ने डर, नदी को डर, अध्यारो देखि लाग्ने, कुनै जनावरसंगको डर, कुनै सङ्ख्या, रंग वा ठाँउको डर आदी डरहरु पुरानो जन्ममा भएको कुनै दुर्घटना वा भोगेका दुखहरुको प्रतिबिम्ब हुन सक्छन ।

    हेरेर मानिस चिन्ने

    कसैको व्यवहार केही मिनेटमा नै थाह पाउन सक्नुहुन्छ ? कोही नयाँ व्यक्तिसंग केही बेर कुरा गरेरै त्यो व्यक्तिको व्यक्तित्व थाह पाउन सक्नुभयो भने जान्नुहोस् त्यस्तै व्यक्तित्व भएको व्यक्तिलाइ तपाईले पुर्वजन्ममा पनि भेट्नुभएको थियो । तपाईको मस्तिष्कमा त्यस्तो व्यक्तिको बारेमा पहिल्यै अनुभवहरु दबेर रहेका छन । अनि कोही व्यक्ति नजिक आउदा ती दबेका अनुभवहरु याद आउछन्, अनि त्यो मानिस कस्तो भनि थाह पाएझै लाग्छ ।

    एकान्त मनपर्छ

    जब तपाई यो संसारिक दुनियाको खेल खेल्नको लागि जन्मनुहुन्छ तब यहि खेलमै तपाई डुब्नुहुन्छ । खेलको नियम सिक्न तिर लाग्नुहुन्छ । खेल कसरी सजिलो बनाउने तिर लाग्नुहुन्छ । तर यदि धेरै पटक तपाईको आत्माको जन्म भएको छ भने तपाइको व्यक्तित्वमा एकान्त मन पराउने गुण थपिन्छ । तपाइले सिकिसक्नु भएको हुन्छ कि यो खेल हो। र तपाईलाइ यो खेलमा कुनै चासो हुदैन । धेरै पटक खेलेको खेल अल्छि लाग्दो हुन्छ । तपाईले यो खेलको रहस्य बुझिसक्नु भएको हुनेछ ।

    आनन्दको अनुभव

    तपाईले केही जन्म पारगरिसक्नु भएको छ भने तपाईले थाह हुन्छ धैर्य, इमान्दारिता अनि प्रेमको महत्व । साथै जीवनमा आइपर्ने समस्याहरु चाडै समाधान गर्न सक्नुहुन्छ । जीवनले तपाईलाइ के दिन खोज्दै छ भनि धेर्यता पुर्वक हेर्ने अनि सुन्ने खुबी बढ्छ । तपाईमा बिस्तारै सन्तोषी भावनाको विकास हुन्छ । कुन कुरा सत्य हो अनि कुन सत्य बनाइएका हुन भनि छुट्याउन सक्नुहुन्छ ।

    तपाईको अस्तित्व कसैसंग जोडिएको छैन

    तपाई, सामाजिक स्तर, पैसा अनि सुविधा सम्पन्न जीवनको हिस्सा हैन । यी तपाईलाइ भुलाउने खेल हुन । तपाईको विकास केवल आध्यात्मिक मात्र हुनसक्छ । तपाईको भन्नु केवल आत्मा हो । ध्यान त्यसमा दिनुहोस् जुन सदैव तपाईकै हुन्छ । जब तपाईले साच्चै महसुस गर्नुहुन्छ कि तपाईको वसमा केवल तपाईको आत्मा छ, वा आत्माको वसमा तपाई मात्र हुनुहुन्छ अनि बल्ल जीवन बुझ्नुहुन्छ, जन्म किन भएको थाह हुन आँउछ ।

    जन्मको महत्व जब थाहपाउनु हुन्छ तब अरु आत्माहरुप्रति पनि सहानुभुती बढ्छ । अरुलाइ जीवन बुझ्न मद्धत गर्नुहुन्छ । याद गर्नुहोस्, तपाईले कसैलाइ दिएको १००० को नोटले भन्दा कसैलाइ दिएको राम्रो सल्लाहले उसको जीवन बढी सुखी हुन्छ । पैसा अनि प्रविधिका कुरा त केवल सजिलोको लागि प्रयोगमा आएका हुन । ती वस्तुहरुको प्राप्ती त केवल आत्मालाइ बोक्ने शरिरको स्याहारसुसारको लागि मात्र हो । नबिर्सनुहोस्, तपाईको शरिरमा आत्मा पनि छ, त्यसको विकासको लागि तपाईले काम गर्न छोड्नु हुदैन ।

    तपाईलाइ मुर्ख बनाउन सकिदैन

    तपाई यहाँ धेरै पटक आउनुभएको छ, तपाईले मानिस चिन्नु हुन्छ । तपाईले मानिसको मनस्थिति बुझ्नुहुन्छ, किनकी तपाईसंग अनुभव छ धेरै जीवनको । तपाईले सहि र गलत बुझ्नुभएको छ । तपाईलाइ कसैले कुरा गरेर मुर्ख बनाउन सक्दैन, किनकि तपाईले मुर्खता र अज्ञानतालाइ बुझ्नु भएको छ । तपाईमा यस्तो व्यक्तित्व छ भने ख्याल गर्नुहोस् त यस्तो समझ अनि यो ज्ञान यो जीवनका अनुभवले मात्र सिकेको नहुनसक्छ ।

    तपाई विद्रोही स्वभावको हुनुहुन्छ

    तपाई नियम, कानुन या कुनै मानिसप्रति किन विद्रोह गर्नुहुन्छ ? किनकी तपाईलाग्छ कि ती सत्य छैनन, केवल सत्य झै बनाइएका छन । तपाईको आत्माले ध्रुवसत्य के हो भनि चिन्छ । यो ब्रहमाण्ड सत्य हो, तपाईको जन्म सत्य हो, अनि तपाईको दुख सत्य हो । ‘मरिलानु केही छैन’ को अर्थ के हो ? मरेर कता गइन्छ र ! केही लिएर जानलाइ ? मरेर तपाईले अनुभव लिएर जानुहुन्छ । जुन तपाईको अर्काे जन्मलाइ सहायक हुन्छ ।

    सिकेर लगेका कुराले अर्काे जन्मको भविष्य निर्धारण गर्छ । अहिलेको तपाईमात्र आफु हैन, पहिले पनि तपाई हुनुहुन्थ्यो, पछि पनि तपाईको जन्म हुनेछ, ती सबै एक हुन । तपाईको जीवन त केवल एउटा परिक्षा हो, एउटा जीवनको समाप्ती पछि परिक्षाफल आउछ अनि फेल भएको खण्डमा अर्काे जीवनमा सुधर्ने मौका पाइन्छ । तपाईले जानेको कुरा सत्य छ अनि धेरैले असत्य बाटो रोजेका छन भने तपाईमा विद्रोहि विचार विकास हुन्छ । विद्रोह बिना जीवन परिवर्तन हुदैन तर विद्रोह असत्य कुरामा अडिएको छ भने तपाईले ठुलो भुल गर्दैहुनुहुन्छ । असत्य र कुभलो जीवनका दुश्मन हुन । बुझेर त्याग्न सक्नुपर्छ ।

    जन्मनु भयो, पढ्नु भयो, काम गर्नु भयो, परिवारिक जीवन व्यतित गर्नुभयो, सन्तानको सुख हेर्नुभयो, बुढेसकालको दुख भोग्नुभयो अनि अन्तमा संसार छोडिन्छ, शरिरले साथ नदिएर । के गर्नुभएको त उल्लेखनिय, के गर्नु भयो आफ्नो लागि अनि के छोडेर जानुहुन्छ अन्यको लागि ? मानव जीवनको उद्धेश्य केवल खानपिन अनि रमाइलो मात्र होला त ? शारिरीक सुखमात्रले तपाईको जीवनको सार्थकता पुरा भयो होला त ? शरिरमात्र महत्वपुर्ण हुने भए मरेको शरिरमा किन जीवन हुदैन ? प्रश्न गम्भिर छ तर वास्तविक उत्तरको लागि भने तपाइ आफुनै जिम्मेवार हुनुहुन्छ । पढेका र देखेका कुरा त केवल जान्नको लागि हो, मान्नको लागि आफै अनुभव गर्नुपर्छ, नत्र विश्वास लाग्दैन। के होला त पुर्वजन्म अनि पुर्नजन्म ?

    -साभार गरिएको

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र