दाङ, ५ फागुन । जिल्लाको पश्चिमी भेगमा रक्सीको नसामा बाबुले आप्mनै छोरीलाई करणी गरेको घटना सार्वजनिक भएको छ । भान्सामा खाना पकाइरहेका बेला मदिरा सेवन गरी आएका बाबुले १३ वर्षीया छोरीलाई १५ माघका दिन गते करणी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
करणीका आरोपी पक्राउ परिसकेको प्रहरीले जनाएको छ । पीडित किशोरीले नै बाबुविरुद्ध प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनापछि उनका बाबुले कसैलाई भनेमा ज्यानै लिने धम्की दिएका कारण ती किशोरीले ढिला गरी स्थानीयको सहयोगमा गत २३ माघमा मात्र प्रहरीमा उजुरी दिएकी थिइन् ।
उजुरीका आधारमा प्रहरीले आरोपीलाई घरबाटै भरुवा बन्दुकसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए । प्रनाउ तिम्सिनाका अनुसार उनलाई हाडनाता करणी र हातहतियार खरखजनासम्बन्धी दुई मुद्दा चलाइएको छ ।
त्यसैगरी, तुलसीपुरमा एक अपांग किशोरीलाई बरुण भनिने सालिकराम परियारले करणी गरेको प्रहरीले जनाएको छ । यता पीडकका आफन्तले भने परियारलाई जानाजान फसाएको आरोप लगाएका छन् ।आजको राजधानी दैनिकमा खबर छ ।