• Breaking News

    2.13.2017

    चीनमा यसरी भएको थियो साढे तीन करोडको नरसंहार, ८० हजार महिलाको बलात्कार (डरलाग्दो फोटोफिचर)

    फागुन २   |   एजेन्सी
      चीनमा यसरी भएको थियो साढे तीन करोडको नरसंहार, ८० हजार महिलाको बलात्कार (डरलाग्दो फोटोफिचर)
    जापानले फेब्रुअरी ११ तारिख अर्थात शनिबार आफ्नो स्थापना दिवस मनाएको छ । जापान अहिले विभिन्न आविष्कारका गर्ने देशको रुपमा परिचित छ । तर कुनै समय यस्तो थियो जब यो देशको पहिचान सबैभन्दा क्रुर देशको रुपमा हुने गर्दथ्यो ।

    यो देशको सबैभन्दा भयानक रुप दोस्रो विश्वयुद्धमा देखिएको थियो । त्यसताका जापानी सैनिकले एक हजार चीनियाँ नागरिकलाई जोंगमऊ शहरबाट बाहिर निकालेर एलो रिभरमा डुबाएर मारेका थिए । यतिमात्र होइन, चीनको स्टेट आर्काइभ एड्मिनिस्ट्रेशनको तर्फबाट पछिल्लो वर्ष जारी गरेको एक दस्तावेजले जापानी सैनिकले चीनियाँ नागरिकको मासु पकाएर खाएको दाबी गरेको छ ।

    – जापानी सेनाको दोस्रो विश्वयुद्धका बेलाको यो क्रुरतालाई सेकेन्ड चीन–जापान यद्धको नामले चिनिन्छ ।

    – यसलाई २० औं शताब्दिको सबैभन्दा ठूलो एसियाली युद्धको रुपमा पनि चिनिन्छ जुन सन् १९३७ देखि सन् १९४५ सम्म लडिएको थियो ।

    – त्यतिबेला नानजिंग चीनको राजधानी हुने गर्दथ्यो । सन् १९३७ मा नै दुबै देशको सैनिकबिच मुठभेद सुरु भएको थियो ।

    – जापानी सेनाले त्यसै वर्ष जुलाईमा बेइजिङमा कब्जा गरेको थियो । त्यसपछि जापानले चहर र सुईयुनानमा अधिकार जमाए । यद्यपी, शान्सीमा चीनियाँ सेनाले जापानसँग डटेर लडाईं गरे ।

    – त्यसपछि जापानी सेनाले संघाईमा कब्जा गरे र दिसेम्बर १३ डिसेम्बरमा चीनको राजधानी नानजिंगमाथि हमला गरेका थिए ।

    – यो युद्धको वास्तविक सुरुवात थियो, जब जापानी सेनाले नानजिंग शहरमा मात्र ६ हप्तामा ३ लाख मानिसको हत्या गरेका थिए ।

    – यस्तै करिब ८० हजार महिला बलात्कृत भएका थिए । जापानी सैनिकले पूरा शहर नै तहसनहस गरेका थिए ।

    – जापान यत्तिमा मात्र रोकिएन । उत्तरी, पूर्वी र दक्षिणी चीनमा आफ्नो कब्जा जमाए तर पश्चिमी र उत्तर–पश्चिम भागमा आफ्नो कब्जा जमाउन असफल रह्यो ।

    – जापानले सन् १९४१ मा पर्ल हार्बरमा हमला गर्यो त्यसपछि अमेरिकाले जापानविरुद्ध युद्धको घोषणा गरेको थियो ।

    – त्यस्तै सोभियत संघले जापानको कब्जामा रहेको मंचुरियामाथि हमला गर्यो । त्यसपछि अमेरिकाले चीनलाई जापानविरुद्ध युद्धमा मद्दत गर्नका लागि सहयोग गर्न थाल्यो ।

    जापानद्वारा आत्मसमर्पणः

    – चीन र जापानबिचको युद्ध त्यतिबेलासम्म दोस्रो विश्वयुद्धको हिस्सा बनिसकेको थियो र जापान कमजोर हुन थालिसकेको थियो ।

    – हिरोशिमा र नागासाकीमाथि परमाणु हमला पछि जापानले सन् १९४५ मा आफ्नो हार मान्दै आत्मसमर्पण गरेको थियो ।

    – चीनले दाबी गरे अनुसार दोस्रो विश्व युद्धको क्रममा चीनका नागरिक र सैनिकसमेत कूल साढे तीन करोड मानिस मारिएका थिए ।

    – यस्तै, जापानको डिफेन्स मिनिष्ट्रिको अनुसार जापानको २ लाख सैनिक मारिएका थिए ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र