• Breaking News

    2.18.2017

    विज्ञान भन्छ – मृत्युपछि मान्छेको शरिरमा यस्तो परिवर्तन हुन्छ

    विज्ञान भन्छ – मृत्युपछि मान्छेको शरिरमा यस्तो परिवर्तन हुन्छ








    विराटनगर, ८ फागुन । मान्छेको मृत्युपछि शरीर तथा उसको आत्माले के गर्छ भन्ने कुरा भने अझै रहस्यमयी छ । यसमा विज्ञानले समेत कुनै प्रमाण भेट्न सकेको छैन । केही संकेत भने विज्ञानले पनि मान्दछ । मृत्युपछि शरिरमा आउने परिवर्तन भने विज्ञानले तर्क गर्छ सक्छ । मान्छेको शरीरभित्र के हुन्छ ? मेडिकल रिपोर्ट अनुसार मान्छेको मृत्युपश्चात शरिरमा यस्ता ७ वटा बदलावहरु आउछन् ।

    – मृत शरिरबाट बच्चाको जन्म पनि हुन सक्छ । पश्चिममा यसलाई ‘कफिन बर्थ’ भनेर पनि चिनिन्छ । गर्भवती महिलाको मृत्यु भएमा यसरी बच्चा जन्मिने सम्भावना हुन्छ । मृत्यु पश्चात शरिरमा बन्ने ग्यासले बच्चालाई गर्भबाहिर धकेल्छ र बच्चा जन्मिन्छ । बच्चाको बाच्ने सम्भावना एकदम कम हुन्छ ।


    – मृत शरीरलाई खुला छोडिदियो भने त्यो यत्तिकै सुकेर जान्छ ।

    – चिसो ठाउँमा मृत शरिर लामो समयसम्म पनि जस्ता को त्यस्तै रहन्छ । चिसो ठाउमा व्याक्टेरियाको असर नपर्ने हुदा शरिर जस्ताको त्यस्तै हुन्छ ।

    – मृत्युपछि शरिरभित्र सडेका भागहरुबाट बनेकोे ग्यास आखाबाट बाहिर निस्कन्छ । त्यसैलाई हाम्रो चलन चल्तीको भाषामा मृतआत्मा आखांबाट बाहिर निस्केको भन्ने विश्वास गरिन्छ ।

    – पोष्टमार्टमको समयमा मृतशरीरबाट आवाज निस्किन्छ । यसबाहेक शरिरभित्र रहेका ब्याक्टेरियाले ग्यास बनाउँछन् र स्वासप्रश्वास क्षेत्रमा दबाव पर्न जान्छ । जसले गर्दा आवाज बाहिर निस्कन्छ ।

    – मृत शरिरबाट छाला लगायतका अन्य नरम अंगहरु कुहिएर सकिन्छन । हड्डी कुहिन लामो समय लाग्छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र