• Breaking News

    2.05.2017

    ‘दश हजार भन्दा एक रुपैया पनि कम लिन्नौं’ भन्दै धम्क्याउदै चन्द माओवादी

    सोमवार, माघ २४, २०७३
    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गोरखाका गाविस सचिवलाई धम्कीको शैलीमा चन्दा मागेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।फगुन १ गते राजधानीमा हुने अधिवेशनका लागि भन्दै माओवादीले आफूहरुसँग चन्दा मागेको सचिवहरुको भनाइ छ ।

    उद्दण्ड शैलीमा चन्दा मागेका छन् खोप्लाङका गाविस सचिव ऋषिराम पौडेलले भने १० हजार रुपैयाँभन्दा कम नौ हजार नौ सय ९९ रुपैयाँ दिए पनि हामी लिन्नौं । नदिए पछि हामीले जहाँ बोलाएका छौं, त्यहीँ आएर दिनुपर्छसमेत भने । तर आफूले गाउँपरिषद्मा निर्णय गरी गाविसको पैसा खर्च गर्न नमिल्ने अडान लिएको उनको भनाइ छ ।

    आफूसँग रामबादुर लामिछाने भन्ने माओवादी कार्यकर्ताले धम्कीको भाषामा चन्दा मागेको धावा गाविसका सचिव हरीश ओखेडाले जानकारी दिए । शान्ती प्रक्रियामा आइसकेपनि धम्क्याएर चन्दा माग्दा आफू आश्चर्यचकित भएको उनको भनाइ छ ।

    यता विप्लव माओवादीका गोरखा संयोजक योगेन्द्र कुमालले भने अधिवेशनका लागि चन्दा माग्ने निर्णय भएपनि धम्क्याएर चन्दा असुली नगरिने बताए ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र