• Breaking News

    2.15.2017

    राजनीतिमा लागेकी गायिका कोमल वलीले यसकारण राजीनामा दिईन

    काठमाडौं । पछिल्लो समय राजनीतिमा लागेकी गायिका कोमल वलीले रेडियो नेपालबाट आज राजीनामा दिएकी छन् ।

    केहि समय अघि राप्रपामा प्रवेश गरेर सक्रिय राजनीतिमा लागेकी कोमल ओलीलाई रेडियोले स्पष्टिकरण सोधेपछि उनले वर्षाै पुरानो जागिर छाड्ने निर्णय गर्दै राजीनामा पत्र बुझाएकी हुन् । स्पष्टिकरणका क्रममा उनलाई राजनीति वा जागिरमध्ये एक रोज्नुपर्ने भनेपछि उनले राजनीतिलाई रोजिन् ।


    रेडियो नेपालमा अधिकृत स्तर भन्दा माथिल्लो तहका कर्मचारीले राजनीतिमा भाग लिन नपाउने नियम छ । वली अहिले राप्रपाको केन्द्रीय सदस्य हुन् ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र