• Breaking News

    1.14.2017

    भारतीय नेताहरु र प्रचण्डको फोन वार्ताः प्रधानमन्त्रीले सोधे, के तपाईंहरुले नेपाल टुक्र्याउनै खोजेको हो त ?

    काठमाण्डु, १ माघ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिके राउतसहित मधेसका सशस्त्र समूह र मधेसी मोर्चाका दोश्रो तहका नेताबीच भारतको पटनामा बैठक भएको र त्यसमा भारतीय नेताहरुको समेत सहभागिता रहेको भन्ने एमाले उपाध्यक्ष भीम रावलले गरेको दाबीबारे भारतीय नेतृत्वसँग चासो राखेका छन् ।

    प्रचण्डले मधेसी मोर्चासँग सरकारको वार्ता जारी रहेको र संविधान संशोधनमार्फत उनीहरुका माग सम्बोधन गर्न प्रयास भइरहेका बेला भारतमा वार्ता भएको भन्ने खबरले आफू शसंकित भएको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सत्तारुढ दल र मधेसी मोर्चाका नेताको बैठकमा प्रचण्डले आफूले भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका नेता सीताराम यचुरीलगायतसँग त्यसबारे बुझेको जानकारी गराए ।
    १९ पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीमा शीतलनिवासमा बोलाएको पाँच दलका शीर्ष नेताको बैठकमा रावलले भारतले नेपाल टुक्र्याउने रणनीति बनाउन बिहारमा बैठक बसाएको दाबी गरेका थिए । बैठकमा यचुरीसमेत सहभागी रहेको दाबी रावलको थियो ।
    ‘व्यक्तिगत सम्बन्धका आधारमा मैले यचुरीसहित अरु नेतालाई पनि फोन गरेर तपाईंहरुले त्यसो गरेको हो त भनेर सोधें’, प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी मोर्चाका एक नेताले भने, ‘उताबाट होइन हामी नेपालको सार्वभौमसत्ताको सम्मान गर्छौं भन्ने कुरा आयो ।’
    प्रचण्डले चारवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर आफूले त्यसबारे सोधेको र सुरक्षा प्रमुखहरुले पनि रावलको दाबी झुठो रहेको जानकारी गराएको बताए ।

    काठमाण्डु टुडे बाट 

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र