• Breaking News

    1.11.2017

    अबको क्रान्ति प्रचण्डविरुद्ध हुनेछ

     बिहीबार २८, पुष

    नेकपा माओवादी परित्याग गरेका हेमन्त प्रकाश वलीले प्रचण्ड हिटलर जस्तै तानाशाह भएको आरोप लगाएका छन । प्रचण्ड हिटलर बन्न खोजेको आरोप लगाँउदै उनले प्रचण्डलाई जनअदालतमा उभ्याउने चेतावनी समेत दिएका छन ।

    नेकपा माओवादीका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश वलि ‘सुर्दशन’ले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘जनअदालत’मा उभ्याउने चेतावनी दिएका छन् ।  नेकपा माओवादी जाजरकोटको चौथो जिल्ला सम्मेलनको उद्‍घाटनगर्दै वलीले माओवादीले पनि आफ्नो जनसत्ता सञ्चालन गरेको बताए ।
    प्रचण्ड पनि पूराना राजा भन्दा कम नभएको बताँउदै उनले पुरानो सत्ताका राजा बस्ने ठाउँमा पुगेका प्रचण्डलाई जनसत्तामा उभ्याएरै छाड्ने उद्घोष समेत गरेका छन  । प्रचण्ड पुरानो सत्ताको मालिक बनेकाले अबको क्रान्ति नै प्रचण्डविरुद्ध भएको उनले बताएका  छन ।

    जनक्रान्ति हतियारको मात्र नभई राष्ट्रप्रैमीहरु सबैको हो । अबको लडाँइ भनेकै प्रचण्डसँगको हो ।    राष्ट्रप्रेमी सबै मिलेर क्रान्ति  गर्ने आवश्यक छ ।  । उनले बाबुराम भट्टराईको पार्टी पनि नयाँ शक्ति नभई पुरानो शक्ति भएको आरोप लगाए ।

     by : एस काठमाडौं 

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र