काठमाडौं, । स्वास्थ्यका लागि नुहाउनु फाइदाजनक हो तर खास गरि जाडो याममा दैनिक नुहाउँदा छालामा नराम्रो असर पर्न सक्छ ।
अझ तातो पानीको प्रयोग गरि नुहाईयो भने छालाको सौन्दर्यमा असर र्पुयाउँछ । दैनिक नुहाउँदा ड्राइ सावुन एवं स्याम्पुको प्रयोग गर्नैपर्छ । हाम्रो छालालले पैदा गर्ने एक प्रकारको व्याक्टेरियाले रसायनिक उत्पादनले निकाल्ने टक्सिनवाट छालालाई वचाउँछ । यसक्रममा दैनिक नुहाएमा व्याक्टेरिया नष्ट हुन्छ । यदि जिम गएर वा कुनै शारीरिक श्रम गरेर शरीरमा पसिना वगाउँने हो भने चाहि नुहउनै पर्छ । छाला विशेषज्ञका अनुसार, जाडोमा दुई–तीन दिनको फरकमा नुहाउँनु उपयुक्त हुन्छ ।