बुधबार २०, पुष २०७३
काठमाडौं । मधेसी मोर्चाका नेताहरुले एमालेलाई मधेसबाट पत्तासाफ गर्ने धम्किपूर्ण अभिब्यक्ति दिइरहेका बेला एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपालले आमा बाबु र जन्मको ठेगान नभएका नेताले मधेसलाई बिर्ता नठान्न चुनौति दिएका छन् ।
राजधानीमा प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले मधेस मोर्चाका नेताहरु मधेसमा नजन्मेको तर आफु भने जन्मजात मधेसी भएको बताए । ‘जसको आमा बाबु र जन्मको ठेगान छैन, उसले मधेसीको फुर्ति लगाउँदै हिडेका छन्’ नेपालले भने ‘म जन्मजात मधेसी हुँ, अन्तै जन्मेर मधेसमा आएको होइन ।’ अधिकाँस मधेसी मोर्चाका नेताहरु भारत र भारतीय सम्बन्ध भएका छन् ।
नेता नेपालले एमालेलाई मधेसबाट पत्तासाफ गर्न चुनौति दिए । ‘भर्खर म मधेसका पाँच जिल्ला पुगेर आएको छु, मधेसी नागरिकको चाहाना सीमा परिवर्तन छैन, निर्वाचन, शान्ति र रोजगारी चाहिएको छ’ नेता नेपालले भने । पहाड र मधेस छुट्टयाएर नेपाललाई बिखण्डन गर्ने उदेश्यका साथ संविधान संशोधन प्रस्ताव आएको बताए ।
मधेसी जनताको चाहानामा नभई केही ब्यक्ति र पार्टीको चाहानामा संविधान संशोधन प्रस्ताव आएको बताए । नेपाललाई बिखण्डन गराउने केही नेता र पार्टीको चाहानालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साथ दिएको आरोप समेत लगाए ।
‘शेरबहादुरजी तपाई पाको बुद्धि भएको ब्यक्ति हो, धेरै पटक प्रधानमन्त्री पनि भइसक्नु भएको छ’ सार्वजनिक कार्यक्रम मार्फत नेता नेपालले भने ‘पुष्पकमल दाहालजीलाई बुद्धि दिनुहोस र देश दुर्घटनाबाट बचाउनु होस् ।’
yeskathmandu.com/2017/01/39170#sthash.2ebj6lmE.VGWqBIqC.dpuf