काठमाडाैं । लोकदोहोरी गायक पशुपति शर्माले महिनामा २० लाख सम्म कमाउने बताएका छन् । तपाइको मासिक अाम्दानी सरदर कतिदेखि कतिसम्म हुन्छ भन्ने गज्जब साप्ताहिकको प्रश्नमा शर्माले भनेका छन्, ‘कहिलेकाही नेपालमै ७-८ लाख हुन्छ । कहिले २-३ लाख पनि हुन्छ । बिदेशतिर पनि एउटा देशमा २०-२२ दिन बसेर १५-२० लाख बोकेर अाइराखेका हुन्छाै । नेपालमा यही मंसिर महिनामा मैले अाठ लाख रूपैयाँ कमाएँ ।’ उनले एक कार्यक्रममा ३५ हजार देखि ८० हजारसम्म पारिश्रमिक लिने गरेको खुलाएका छन् ।