• Breaking News

    1.02.2017

    पत्नीको रिस यसरी पोख्दा, छोरासहित ११ को मृत्यु

    १९ पुस, काठमाडौं ।

    ब्राजिलमा नयाँ वर्षका अवसरमा आयोजित पार्टीका क्रममा एक हतियारधारी व्यक्तिले अलग बस्दै आएकी आफ्नी पत्नीसहित ११ जनाको हत्या गरेर आत्महत्या गरेका छन्। 

    ब्राजिलको साओ पाउलोदेखि १ सय किलोमिटरको दुरीमा रहेको क्याम्पिनसमा नयाँ वर्षको दिन सो हत्याकाण्ड भएको हो। घटनामा मारिने सबै एकै परिवारका हुन्। पति र पत्नी हालैमात्र अलग भएका थिए। सोही झोंकमा ती व्यक्तिले गोली चलाउँदा आफ्नै ८ वर्षीय छोरासहित ११ जनाको हत्या गरेका हुन्। आजको राजधानी दैनिकमा खबर छापिएको छ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र