• Breaking News

    1.21.2017

    यस्ता सामान घरमा राख्नै हुँदैन, खुशी हराउँछ

    काठमाडौं, ९ माघ । आफुले जतिसुकै ठुलो खुसी जिते पनि परिवारमा सुख र शान्ती भएन भने सबै फिका लाग्छ । सबै मानिस परिवारमा सुख होस, खुसी होस भन्ने चाहन्छन । अनेक उपाय लगाउँछन तर पनि पुरा हुन सकिरहेको हुँदैन । वास्तु शास्त्रले केही यस्ता वस्तुहरुको बारेमा बताएको छ जुन चिज घरमा राखे कहिले पनि घरमा सुख र खुशी मिल्दैन ।

    यि चिजहरुलाई घरमा नराख्नुहोस्

    टुटेफुटेका तस्बिर

    बास्तुका अनुसार टुटेफुटेका तस्बीर दोषयुक्त मानिन्छ । घरमा यस्ता चिजहरु छन् भने हटाई हाल्नुपर्छ ।

    टुटेको ऐना

    टुटेको ऐना घरमा राख्दा घरमा नकारात्मक उर्जा सक्रिय हुन्छ । परिवारका सदस्यले मानसिक तनाव सामना गर्नुपर्छ ।

    टुटेफुटेका भाँडाकुँडा

    टुटेफुटेका सामान घरमा राख्नाले लक्ष्मी बेखुशी हुन्छिन् र दरिद्रताको प्रवेश हुन सक्छ । त्यस्ता बस्तुले घरफोहर देखिनुका साथै बास्तु दोष उत्पन्न भई अनिष्ट मात्र हुन्छ ।

    टुटेफुटेका फर्नीचर
    टुटेफुटेका फर्निचर भए तिनलाई पनि मर्मत गरिहाल्नुहोस् । किनकी यस्ता चिज घरमा राखे कुनै पनि काम तुरुन्त सफल हुँदैन ।

    विग्रिएको घडी

    यस्तो घडी राखियो भने परिवारको सदस्यको काम पुरा गर्नमा बाधा पर्छ । गरेका कामपनि समयमै पुरा हुँदैन ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र