• Breaking News

    1.17.2017

    यस्तो छ जिल्ला भ्रमणमा मन्त्रीहरुको खर्च


    बुधबार, माघ ५, २०७३

    भत्तामा २० लाख र हवाई टिकटमा ५१ लाख 

    नयाँ सरकार गठन भएयताको पाँच महिनामा मन्त्रीहरूले जिल्ला भ्रमणबापत भत्तामा २० लाख ५४ हजार बुझेका छन् । उनीहरूको भ्रमणका लागि हवाई टिकटमा ५१ लाख १६ हजार खर्च भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा प्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री तथा सहायकमन्त्रीको तलब–भत्ता सुविधा तथा भ्रमण खर्चमा सात करोड ५५ लाख ३९ हजार सकिएको छ ।

    यी मन्त्रीको जिल्ला भ्रमण खर्च शून्य
    परराष्ट्रमन्त्री प्रकाशशरण महतले विदेश भ्रमण गरे पनि जिल्ला भ्रमण नगरेको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । वाणिज्यमन्त्री रोमी गौचन, वन राज्यमन्त्री दीर्घराज भाट, स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ, सिँचाइ राज्यमन्त्री सुरेन्द्रराज अचार्य, वाणिज्य राज्यमन्त्री सुवर्ण ज्वारचन, श्रम तथा रोजगार राज्यमन्त्री दिलीप खवास, उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादे, सहरी विकास राज्यमन्त्री मिठु मल्लले जिल्ला भ्रमणमा हालसम्म कुनै रकम बुझेका छैनन् ।आजको नयाँ पत्रिका दैनिकबाट

    कम खर्च गर्ने मन्त्री

    • सहकारीमन्त्री हृदयराम थानी : २,१९,०००
    • पर्यटनमन्त्री जीवनबहादुर शाही : २,१६,६६०
    • भूमिसुधारमन्त्री विक्रम पाण्डे : २,१६,०५५
    • ऊर्जा राज्यमन्त्री सत्यनारायण भगत : २,१५,०५०
    • शिक्षा राज्यमन्त्री धनमाया विक : १,७५,१५०
    • श्रममन्त्री सूर्यमान गुरुङ : १,७०,९१५
    • कृषि राज्यमन्त्री राधिका तामाङ : १,६५,२०५
    • गृहमन्त्री विमलेन्द्र निधि : १,५६,९६०
    • भौतिकमन्त्री रमेश लेखक : १,५२,८४५
    • शिक्षामन्त्री धनीराम पौडेल : १,४६,०४०
    • अर्थमन्त्री कृष्ण महरा : १,३०,९१५
    • उद्योगमन्त्री नवीन्द्रराज जोशी : १,२६,५३०
    • सिँचाइमन्त्री दीपक गिरी : ६८,७७०
    • सरसफाइ राज्यमन्त्री दीपक खड्का : ४४,१४०
    • पर्यटन राज्यमन्त्री इन्द्र बानियाँ : १८,०००


    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र