• Breaking News

    1.07.2017

    ओम पुरीको मृत्युको कारण किन खोज्न थाल्यो प्रहरीले ?

    २०७३ पुष २४ गते 
    मुम्बई । बलिउडका वरिष्ठ अभिनेता
    को मृत्यु हृदयघातका वा अन्य कुनै कारणले भएको हो भनेर प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

    ओम पुरीको मृत्युको पछाडि कुनै कारण लुकेको त छैन भनेर प्रहरीले अनुसन्धान थालेको हो । चर्चित अभिनेता ओम पुरी शुक्रवार आफ्नो घरमा मृत फेला परेका थिए । ओम पुरीको टाउकोमा चोटका दाग देखिएको थियो । उनको हत्या भएको हुन सक्ने भन्दै प्रश्नहरू उब्जिएपछि प्रहरीले परिवारजनको प्रारम्भीक रिपोर्टका आधारमा अनुसन्धान थालेको हो ।

    ओम पुरीसँग काम गर्ने व्यक्तिहरूले उनी केही समयदेखि अलिक चिन्तित देखिँदै आएका थिए । पारिवारिक कानूनी समस्यालाई लिएर ओम पुरी साधै समस्यामा रहने गरेको समाचारमा उल्लेख छ ।

    स्रोतका अनुसार ओम पुरीले छ जनवरीका दिन दिउँसैदेखि अबरे रातिसम्म मदिरा सेवन गरेर बसेका थिए । सो दिन ओम पुरीको रिलिजका लागि तयार फिल्म ‘रामभजन जिंदाबाद’को टीम पनि सँगै थियो ।

    सोही दिन अत्याधिक मदिरा सेवन गरेका कारण आफै लडेर ओम पुरीलाई चोटपटक लागेको हुन सक्ने पनि जनाइएको छ ।

    ओम पुरीकी पूर्व पत्नी सीमा कपूरले नवभारतटाइम्स डट कमसँगको कुराकानीमा भनेकी छिन्, ‘अहिले म कुनै प्रतिक्रिया वा बोल्ने अवस्थामा छैन । उनीसँग मेरी भेटघाट १५ दिन पहिला भएको थियो ।’ – एजेन्सी
    दैनिक नेपाल

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र