काठमाडौं, २५ पुस । नेपालका लागि भारतीय राजदूत रञ्जित राय (रे)लाई ठूलो घात भएको छ । अविवाहित रायले भारतीय विदेश मन्त्रालयको सचवि बन्न चाहेका थिए । साँघु साप्ताहिकले समाचार छापेको छ । तर उनले अब त्यो पद नपाउने निश्चित भएको छ ।
उनी सन् २०१७ को फेब्रुअरीको अन्तिम साताबाट अवकास हुँदैछन् । हाल सचिवस्तरको हैसियतका राजदूत रञ्जीत रे नेपालबाटै आफ्नो जागिरे जीवनको बीट मार्दैछन् ।
उनी ६० वर्षे उमेर हदका कारण अवकास हुन लागेको बुझिन्छ । उनको कार्यकालमा नेपाल-भारतसम्बन्ध अहिलेसम्मकै सबैभन्दा नराम्रो भयो । तर उनी व्यक्तिगत रुपमा चाहिँ कुनै विवादमा तानिएनन् ।
नेपालको संक्रमणकाल, संधिानसभा निर्वाचन, संविधान निर्माण, नेपालमाथि भारतीय हस्तक्षेप, नेपालमाथि नाकाबन्दी जस्ता अप्ठेरो समयमा समेत कुनै ठूलो राजनीतिक र कूटनीतिक विवादमा नपरेका भारतीय राजदूत रायको अवकासपछि नेपालमा कस्ता व्यक्ति भारतीय राजदूत बनेर नेपालमा आउने हुन् भन्ने जिज्ञासा बढेको छ ।