• Breaking News

    1.06.2017

    नेपाली जनताको कलेजो काटेर दिल्लीलाई बुझाउन तयार छैनौं

     शुक्रबार २२, पुष २०७३

    संविधान संशोधनको विपक्षमा उत्रिएका नौ दलको शक्ति प्रर्दशन पछाडि नौ दलका शीर्षस्थ नेताहरुको संवोधन जारी छ । अहिले राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले त्यहाँ सम्बोत्रन गरिरहेका छन ।

     भेलालाई सम्बोधन गर्दै उनले अघिल्लो सरकारले संविधान निर्माण गरेर के विगा¥र्यौ भन्दै प्रश्न गरेका छन । त्यस्तै केसीले देश विखण्डन गर्ने सपना  जनताले कुनै हालतमा पनि पूरा हुन दिदैनन ।

    भारतको वारेसलाई चुनावमा ल्याउने बहानामा नेपालीको बलेजो काटेर भारतलाई बुझाउन तयार नभएको बताएका छन । नेपालीको कलेजो काटेर भारतलाई दिए मात्रै मधेसी मोर्चा चुनावमा आउने रे ! ९० प्रतिशत जनप्रतिनिधिले बनाएको संविधान भारतको वारेस बनेका ९ जनाको इच्छा अनुसार काकडभिट्टा देखि कन्चनपुरसम्म बुझाउनु पर्ने रे’ मोर्चालाई चुनावमा ल्याउन नेपाली जनताको कलेजो काटेर दिल्लीलाई बुझाउन तयार छैनौं ।’

    उनले नेपाली जनताले आफ्नो संविधान आफैं बनाए वापत ५ महिना नाकाबन्दी ब्यहोर्नु परेको र अहिले संविधान कार्यान्वयन हुन नदिन भारत लागेको वताए ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र