काठमाडौं, २५ पुस । महिलाहरूले प्रयोग गर्ने कण्डमको दिन–प्रतिदिन व्यापार बढ्न थालेको अध्ययनले देखाएको छ ।
फेमिडोमको नामले समेत चिनिने महिला कण्डम महिलाले प्रयोग गर्ने परिवार नियोजनको एक अस्थायी साधन तथा यौन रोगहरू सर्नबाट बचाउने साधनका रुपमा हेर्न गरिएको छ । यौन सम्पर्कको समयमा महिलाले यो योनीभित्र लगाउनु पर्ने हुन्छ । यसको प्रयोग महिलाले गरेमा पुरुषले कुनैपनि साधन प्रयोग गर्नुपर्ने आवश्यकता पर्दैन । सामान्य पुरुष कण्डमको तुलनामा यसको मूल्य धेरै पर्ने भएकाले यो विकसित देशहरूमा मात्र बढि प्रयोगमा आएको पनि समाचारमा उल्लेख छ ।