• Breaking News

    1.17.2017

    आगामी बैशाख १ गतेबाट देखि राति ८ बजेपछि रक्सी र चुरोट बिक्रीमा प्रतिबन्ध

    काठमाडौँ, ४ माघ – राति ८ बजेपछि मदिरा र चुरोट बिक्रीमा प्रतिबन्ध लगाउने तयारी सरकारले गरेको छ । त्यस्तै १८ वर्षभन्दा कम उमेर भएकाहरुले कुनैपनि समय मदिरा र सूर्तीजन्य पदार्थ किन्न नपाउने नियम ल्याउने तयारी अर्थ मन्त्रालयले थालेको छ ।                                                                                                  
    यस्तो नियम आगामी बैशाख १ गतेबाट लागु हुने भएको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सामाजिक सुधारका लागि मदिरा र सूर्तीजन्य पदार्थको बिक्रीमा कडाई गर्न लाग्नु भएको हो । अर्थले यस सम्बन्धी कार्यविधि तयार गरिरहेको उप्रप्रधानमन्त्रीका प्रेस संयोजक त्रिभुवन पौडेलले जानकारी दिनुभयो । मन्त्री महराले तयार पारेको ‘सम्मृद्ध नेपाल र दीगो आर्थिक विकासको तत्कालीन कार्ययोजना’ कार्यान्वयनको चरणमा रहेको र त्यसभित्र रक्सी र चुरोट बिक्रीमा कडाई गर्न लागिएको पौडेलले बताउनुभयो । मदिरा र सुर्तीजन्य पदार्थको खुला बिक्री र उपयोगले समाजमा नकारात्मक प्रभाव परेको भन्दै सुधारका लागि यस्तो नियम ल्याउन लागिएको हो ।

    त्यस्तै अर्थले मुल्य अभिवृद्धि कर कडाइका साथ लागु गराउन ठूला व्यापारिक घराना र डिपार्टमेन्टल स्टोरहरुमा पनि अनुगमनलाई तीव्र पार्ने भएको छ । भ्याट छली र राजश्व चुहावटका खबरहरु पछिल्ला समय धेरै आएकाले अनुगमन बढाउन लागिएको पौडेलले बताउनुभयो ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र