• Breaking News

    1.22.2017

    हुम्ला जुम्ला जस्ता ठाउँको अधिकार काटेर मधेसलाई दिने तयारीमा प्रचण्ड

    काठमाडौँ १० माघ  । मधेसकेन्द्रीत दललाई स्थानीय निर्वाचनमा सहभागी गराउन संशोधन विधेयक ल्याउन सकिने र त्यस विषयमा आफूले तीन दलका शीर्ष नेतालाई जानकारी गराइसकेको पनि प्रधानमन्त्री दाहालले बताए ।

    संसदमा पेस भएको संशोधन विधेयक विपक्षी दलका कारण अघि बढ्न नसक्ने भए स्थानीय निर्वाचनसम्बन्धी संशोधन विधेयक ल्याएर अघि बढ्न सकिने विकल्प प्रधानमन्त्रीले ल्याएका हुन् ।

    जनसंख्याका आधारमा स्थानीय तह बनाउनु पर्ने माग गर्दै आएका मधेसकेन्द्रीत दललाई मनाउन राष्ट्रिय सभामा गाउँपालिका अध्यक्ष उपाध्यक्ष, नगरपालिकामा प्रमुख उपप्रमुखलाई मतदाताबाट हटाउन संविधान संशोधन गर्न सकिने संकेत प्रधानमन्त्रीले दाहालले गरे ।

    त्यसो गर्दा राष्ट्रिय सभाको निर्वाचनमा पहाड र हिमालबाट मतदाता घट्न गई मधेसकेन्द्रीत दलको माग पूरा हुने जानकारहरु बताउँछन् । ५९ सदस्यीय राष्ट्रिय सभाका मतदातामा प्रदेश सभाका मतदातामा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नपा प्रमुख उपप्रमुख रहने व्यवस्थान संविधानको धारा ८६ मा छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र