• Breaking News

    1.25.2017

    किन ल्याइन्छ विदेशबाट अर्बौंको बोसो ?कारण यसताे छ

    बिहिबार, माघ १३, 

    काठमाडौं – नोपालमा छ महिनायता मात्र करिब एक अर्ब रुपैयाँ
    को बोसो आयात भएको छ । साबुन, कस्मेटिक, दानाउत्पादक, उद्योगले कच्चा पदार्थको रुपमा पशुको बोसो विदेशबाट ल्याउने गरेका छन् । यस तथ्यांकले हरेक बस्तुमा विदेशी उत्पादनको भर परिरहेको अवस्था झल्काउँछ ।


    तथ्यांकअनुसार पछिल्ला तीन बर्षमा बोसोको आयात ४ गुणाभन्दा बढिले वृद्धि भएको छ भने ४ बर्षको तथ्यांक आँकलन गर्दा ३० गुणाभन्दा माथि आयात हुने देखिन्छ । २०१६ को जुनसम्म (छ महिनामा) ८१ करोड ८२ लाख रुपैयाँको बोसो आयात भएको व्यापार तथा निकासी प्रवद्धन केन्द्रले जनाएको हो । तीन बर्षको तथ्यांक हेर्दा बर्षैपिच्छे दोब्बरभन्दा बढी आयात भइरहेको देखिन्छ । अाजकाे नागरीक दैनिकमा खबर छ ।

    आयात (तथ्यांक)
    सन् २०१३   : ३ करोड ६८ लाख
    सन् २०१४   : २४ करोड १६ लाख
    सन् २०१५   : ६७ करोड ३५ लाख
    सन् २०१६   : ८१ करोड ८२ लाख (जुनसम्म)

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र