काठमाडौं, ७ माघ । आवेशमा आएर निर्णय गर्दा कहिलेकाहीँ मान्छेले आफै पुरिने खाल्डो खन्छ । यस्तै भएको छ क्याप्टेनले फोन स्विचआफ गरिदिएर बेपत्ता भई रातभर यात्रुलाई बिचल्लीमा पार्ने नेपाल वायुसोवाका अर्का क्याप्टेनको हकमा ।
आफ्नै सहकर्मीलाई छोरी तथा श्रीमती नै मारिदिने धम्की दिने उनी नराम्रोसँग फस्दै छन् । एसएमएसमार्फत धम्की प्रेषित गरेका उनी विद्युतीय कारोबार ऐनमा पर्ने पक्का छ । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
प्रसंग क्याप्टेन सजल पहरी कुइँकेलले अर्का क्याप्टेन अरविन्दराज पहरीलाई दिएको धम्की हो । उनले पहरीलाई ९८१८१३८८८२ नम्बरबाट गत बिहीबार राति १० बजेर ४१ मिनटमा पठाएको सन्देशमा लेखिएको छ, ‘अरबिन्द, मैले थाहा पाएँ कि तिमीले रोष्टर तयार गरेका हौँ र मलाई एसके देउजासँगै राख्यौँ किन भने उनले सजल, रमन, सञ्जय र भागेन्द्र आफ्नो निशानामा रहेको बताएका थिए ।
उनका अनुसार, यिनीहरूलाई म पेल्छु भनेर देउवाले भनेथ्यो रे, त्यसकारण तिमी नै योजनाकार हौँ । तर, एउटा कुरा याद राख, यदि मेरो करियरमा केही भयो भने तिमी जिम्मेवार हुनेछौँ । अनि म तिम्री छोरी र श्रीमतीर्लाइ छाड्दिन । यदि, मलाई सखाप पार्ने योजना बनाइरहका छौ भने म तिमीलाई पनि ध्वस्त पार्नेछु । म यो सन्देश यसकारण पठाइरहको छु कि पछि थाहा होस्, कसले र किन तिमी र तिम्रो परिवार समाप्त पा-यो !’
अरविन्दले शुक्रबार नेपाल वायुसेवाको अपरेशन डिपार्टमेन्टमा आफूमाथि आएको धम्कीबारे आवश्यक कारबाहीको लागि निवेदन पेश गरिसकेका छन् । दर्ता नम्बर ९३१ रहेको सो उजुरीमा सजलले लगाएको आरोप र विषयबारे आफू अनभित्र रहेको र त्यसमा चासोसमेत नरहेको उल्लेख ! अरविन्दले शुक्रबार नेपाल वायुसेवाको अपरेशन डिपार्टमेन्टमा आफूमाथि आएको धम्कीबारे आवश्यक कारबाहीको लागि निवेदन पेश गरिसकेका छन् ।
दर्ता नम्बर ९३१ रहेको सो उजुरीमा सजलले लगाएको आरोप र विषयबारे आफू अनभित्र रहेको र त्यसमा चासोसमेत नरहेको उल्लेख छ ।