• Breaking News

    1.04.2017

    पुरुषले यी ६ काम कहिल्यै नगर्नुहोस

    पुरुषको ‘स्पर्म काउंट’ अर्थात् शुक्राणु संख्या धेरै कुरामा भर पर्छ । केही यस्ता बानी जसले शुक्राणु गणनालाई कम गर्नमा जिम्मेवार हुन्छन् । चिकित्सककाअनुसार, शरीरको तापक्रमको तुलनामा अन्डकोषको तापक्रम करिब एक डिग्री कम हुन्छ ।
    अन्डकोषको तापक्रम बढेमा स्पर्म काउन्ट कम हुन सक्छ । केही यस्ता बानीका कारण अन्डकोषको तापक्रम बढ्नसक्छ, जसले स्पर्म काउन्टमा नराम्रो असर गर्छ ।

    १. कसिलो पाइन्ट – दैनिक कसिलो पाइन्ट लगाउनाले अन्डकोषको तापक्रम बढ्दा थाल्छ । यस कारण स्पर्म काउंट घट्न थाल्छ ।

    २. नशा – रक्सी, चुरोट वा अन्य कुनै प्रकारको नशा सेवनले शरीरमा स्ट्रेस नामक हर्मोनको बृद्धि भई स्पर्म काउन्ट कम हुन जान्छ ।

    ३. काखमा ल्यापटप – यदि तपाई धेरै जसो ल्यापटप काखमा राखेर काम गर्नुहुन्छ भने, यसको तापक्रम अन्डकोषसम्म पुग्छ । लामो समयसम्म यसो गर्नाले ‘स्पर्म काउन्ट’ घट्ने हुन्छ ।

    ४. निन्द्रा नपुग्नु – प्रत्येक दिनमा ७ घण्टाको निन्द्रा नलिएमा शरीरमा तनावको मात्रा बढाउने हर्मोन बढ्दै जान्छ । जसका कारण रक्तसञ्चार प्रणाली बिग्रन्छ र यसको सिधा असर स्पर्म काउन्टमा पुग्न जान्छ ।

    ५. कफि पिउनु – धेरै कफि पिउनाले कफिमा रहेको कफिनले स्ट्रेस हर्मोन बढाउँछ । यसका कारण स्पर्म काउन्ट घटेर जान्छ ।

    ६. तनावमा रहनु – तनावले पुरुषको स्पर्म संख्या घट्ने गर्छ

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र