• Breaking News

    1.13.2017

    ट्याक्सी व्यवसायीको दादागिरी

    काठमाडौं, माघ १ / सरकारले लागू गरेको ट्याक्सी बिलिङ मिटर जडानमा ट्याक्सी मालिकले दादागिरी देखाएका छन् ।नयाँ नियम लागू हुनै नदिने भन्दै ट्याक्सी चालक तथा धनीले बिलिङ मिटर जडानमा अटेर गरेका हुन्।  तोकेको भाडाभन्दा आफूखुशी रकम असुल गर्न पल्केका व्यवसायी अहिले बिलिङ मिटर जडानको काम नै प्रभावित पार्न लागेका छन् ।

    सरकारले भने पुस १७ गतेबाट २७ सातासम्म आलोपालौ गर्दै साउन ७ गतेभित्र बागमती अञ्चलमा दर्ता भएका १३ हजार भन्दा बढी ट्याक्सीमा बिलिङ मिटर जडान गेर्ने तालिका प्रकाशन गर्दै काम गरिरहेको छ । तर व्यवसायीको दादागिरीका कारण नियम नै धरापमा पर्ने अवस्था उत्पन्न भएको छ। अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेकाे छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र