• Breaking News

    1.31.2017

    राजनीति हो, यहाँ असम्भव भन्ने केही छैन ,हर्दै जानोस् न, अब के–के हुन्छ

    काठमाडौं, १९ माघ । राजनीति हो, यहाँ असम्भव भन्ने केही छैन । परिणामको प्रतीक्षा मात्र गर्नुपर्छ, धेरै कुरा देख्न पाइन्छ । अढाई वर्षको घटनाक्रम मात्र हेर्नुभयो भने सत्ता छाड्नु नपरोस् भनेर कांग्रेसले एमालेलाई, एमालेले माओवादीलाई जिल्याएको निकट अतित छ ।

    अब माओवादी पनि यसरी नै कांग्रेसलाई जिल्यायो भने आश्चर्य नमाने हुन्छ । चलन नै हो, कुर्सीमा पुग्न अनेक सम्झौता गर्ने र छाड्नुपर्दा साझेदारको साथ छाडी नयाँ सहयात्री खोज्ने । आखिर युद्ध र प्रेममा सबै दाउपेच जायज हुने गर्छन्, यसै भनिएको हाइन । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

    अहिले अनेकथरी चटारो एकैचोटी छ । यसबीच, के–के खेल हुन्छ हेर्न बाँकी छ । १५ जेठसम्ममा बजेट ल्याउने र असार मसान्तभित्र त्यसलाई पारित गराउनै पर्ने संवैधानिक बाध्यता छ ।

    त्यसको तयारी अहिलेदेखि नै थाल्नुपर्छ । अहिलेको सरकारले बजेट बनाउने अनि अर्कै सरकारले त्यसलाई पारित गरेर लागू गर्ने भन्ने त कुरै हुँदैन । यो सरकारको
    नीति र कार्यक्रमसँग सम्बनिधत कुरा पनि हो ।

    त्यसैले चुनावको मिति घोषणा गर्न ढिलाइ गर्दा प्रचण्डलाई अर्को अड्डी कस्ने ठाउँ मिल्छ ‘कम्तीमा बजेट त पेस गर्न दिनु !’ यदि अहिले नै चुनावको तिथि घोषणा गर्ने हो भने उनले सरकार छाड्नुपर्ने हुन्छ ।

    पूर्वसहमतिअनुसार तैनसम्ममा प्रचण्डले स्थानीय चुनाव सकेर देउवालाई आमचुनावका लागि सत्ता सुम्पनु पर्नेछ । चुनाव नभए पनि मिति तोकेपछि दिनगन्ती शुरु भयो ।

    सरकार छाड्ने बाध्यता आइलाग्यो । यदि, उनले सम्झौताअनुसार काम नगरे देउवालाई हिजो मंगलबारदेखि अर्को सुविधा पनि प्राप्त छ ।

    एमालेसँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने जसका लागि ६ महिने तगारो हिजै मात्र सकियो । हुन त यसो गर्दा नचाहिँदो लफडा शुरु हुन्छ र त्यो कदम उठाउन देउवालाई पनि त्यति सजिलो छैन । फेरि पनि उनलाई सत्ताको आतुरी सजिलो छैन ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र