• Breaking News

    1.14.2017

    प्रहरीले फेरि बरामद गर्‍यो १५ किलो सुन, तस्करीको नयाँ तरिका यसरी भयो पर्दाफास

    शनिबार, माघ ०१, 
    काठमाडौं, १ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कडा सुरक्षा प्रबन्धलाई आँखामा धूलो छरेर ३३ किलो सुन बाहिर्‍याएको साता दिन नपुग्दै काठमाडौंमा फेरि ठूलो परिमाणमा सुन बरामद गरिएको छ । रसुवाबाट आएको टाटा सुमोको इञ्जिनमा लुकाइ ल्याएको १५ किलो सुन प्रहरीले बरामद गरेको हो । पछिल्ला दिनमा नेपाल सुन तस्करहरुको ट्रान्जिट बन्दै गएको टिप्पणी भइरहेका बेला फेरि यति ठूलो परिमाणमा सुन फेला परेको हो ।

    योसँगै सुन तस्करीमा तस्करहरुले प्रयोग गर्ने गरेको नयाँ तरिका पनि पर्दाफास भएको छ । विमानस्थलमा टेपले बेरेर ३५ किलो सुन नेपाल भित्र्याएका तस्कारले अहिले भने टाटा सुमोको इञ्जिनमा सुन १५ किलो सुन फिटिङ गरेपछि तस्करीको नयाँ तरिका पर्दाफास भएको हो । चिनियाँ नाका रसुवाबाट टाटा सुमोको इञ्जिनमा फिट गरेर १५ किलो सुन काठमाडौं ल्याउँदै गर्दा गाडी चालक पक्राउ परेका हुन् ।

    रसुवा हुँदै काठमाडौं आइरहेको टाटा सुमोमा सुन रहेको सूचना पाएपछि कलंकीबाट पिछा गरी प्रहरीले उक्त गाडीसहित चालकलाई शुक्रबार राति समातेको हो । गाडीमा फल्स बटन बनाएर १५ किलो ल्याएको फेला परेको बालाजु प्रहरीले जनाएको हो । गाडी चालक पक्राउ परे पनि गाडीको मालिक र सुन कारोबारी पत्ता लगाउन प्रहरी जुटेको छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र