एजेन्सी , अधिकांश नायिका अर्थात अभिनेत्रीहरु आफुले पहिरिने ड्रेस अथवा कपडाको कारण विवादमा मुछिने गर्दछन । त्यस्तै बलिउड चर्चित अभिनेत्री दिपिका पदुकोण पनि यतिबेला आफुले लगाएको कपडाको कारण विवादमा तानिएकी छिन् । अभिनेत्री दिपिकाले अभिनय गरेको हलिउड सिनेमा ‘‘ट्रिपल एक्स-द रिटर्न अफ जेन्डर’ केजको प्रिमियर गत बिहिबार मुम्बईमा सम्पन्न भएको थियो ।
सोहि प्रिमियरमा अभिनेत्री दीपिका पादुकोण गोल्डेन कलरको गाउनमा निकै स्टनिङग देखिए पनि गाउनको पछाडिको भागको सिलाई भने निकै नै कमजोर देखिएको थियो । जुन कुनै पनि बेला उत्रिन अथवा खुल्न सक्थ्यो। प्रिमीयरमा दीपिका आफ्नो ड्रेस मिलाउनमै व्यस्त देखिन्थिन । दिपिका उक्त ड्रेसका कारण उठ्न र बस्न असहज देखिन्थिन । दिपिकाको उक्त ड्रेस डिजाईनर नईम खानले डिजाईन गरेका हुन् ।
