• Breaking News

    1.11.2017

    क्याप्टेनले मोबाइल ‘स्विचअफ’ गर्दा...

    काठमाडौं, पुस २८
    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा जान १ सय ९० यात्रु नेपाल वायुसेवा निगमको जहाजभित्र सिटमा तम्तयार छन्। जहाज मंगलबार राति साँढे ११ बजे उड्ने तालिकाअनुसार एक घण्टादेखि तयारी हालतमा छ अनि एयर होस्टेस, स्टेवार्ड (चालकदल सदस्य) सबै दुरुस्त।
    तर जहाज उँड्दैन। करिब आधा घण्टाअघि नै जहाजभित्र छिरिसकेका यात्रु अझै किन जहाज नउडेको हो भन्ने मेसो पाउँदैनन्।
    चालकदलका सदस्यले बल्ल साँढे ११ बजे थाहा पाए – जहाज कमान्ड गर्दै दोहासम्म उडाएर लैजानुपर्ने बरिष्ठ क्याप्टेन ओमबहादुर (ओबी) गुरुङको मोबाइल फोन ‘स्विचअफ’ छ। यो खबर आजको नागरिकमा छ।
    उडान तालिकाअनुसार उड्नु एक घण्टाअघि क्याप्टेन र को पाइलट विमानस्थल पुगिसकेको हुनुपर्दछ।
    तर, क्यापटेन गुरुङ भने मोवाइल फोन स्विचअफ गरेर ‘गैरजिम्मेवार’ तरिकाले सम्पर्कविहीन भएपछि बाँकी चालकदलले उडान रद्द भएको घोषणा गर्यो।
    setopati.com

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र