• Breaking News

    1.22.2017

    सीके राउतका बारेमा गच्छदार बोले सरकार बोलेन !

    ११  माघ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सीके राउतलाई कारबाही गर्न माग गरेका छन् । सीके राउतका बारेमा गच्छदार बोले सरकार बोलेन राजनीतिज्ञहरुले भन्न थालेका छन् ।

    केपी ओली नेतृत्वको सरकारको पालामा राउतलाई कारवाही गर्नु पर्ने माग उठेको थियो तर यो प्रचण्ड सरकारलाई त कुनै वास्ता समेत छैन् उनले भने ।

    राउतले स्वतन्त्र मधेसको माग राख्दै गतिविधि गरिरहँदा सरकार मुखदर्शक बनेको उनले भनाइ छ । ‘मधेसलाई अलगै देश वनाउने भन्दै हिँड्नु अपराध हो । त्यो कानुन विपरित छ, सरकारले कार्वाही गर्नुपर्छ ,विराटनरमा  गच्छदारले भने,  ।’

    फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले दलहरुबीच स्थानीय तहको निर्वाचनमा सहमति नजुटे संसदको निर्वाचनमा पनि जान सकिने वताएका छन् ।

    स्थानीय निकाय र प्रान्तको चुनावमा सहमति भएन भनेर मुलुकलाई अवरोधको स्थितिमा राख्न सकिन्न ।  मुलुकको सम्पुर्ण पद्धती सुचारु गर्न संसदको निर्वाचनमा जानुपर्छ उनले भने ।

    यसै बिच तत्काल संविधान संशोधन गरेर भएपनि समस्या समाधान गर्नु पर्ने उनको भनाई थियो । 

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र