• Breaking News

    1.14.2017

    अक्षयकुमार होइनन् भारतीय नागरिक, कहाँका हुन् त ?

    २०७३ माघ १ गते
    अक्षयकुमारको क्यानाडेली नागरिकतालाई लिएर बलिउडका अभिनेता कमल रसिद खान (केआरके) ट्वीटरमा खरो टिप्पणी गरेका छन् । उनले एकपछि अर्को ट्वीट गर्दै अक्षयलाई भारतप्रति देशभक्ति देखाउने अधिकार नभएको दावी गरे ।

    अक्षयकुमारले भारतीय नागरिकता त्यागेर क्यानाडाको नागरिकता लिएको विषयमा हालै एक सञ्चारमाध्यममा समाचार आएको थियो । त्यसैलाई उद्वृत गर्दै केआरकेले अक्षयमाथि हमला गरेका हुन् ।

    अक्षयकुमारले केही दिनअघि सामाजिक सञ्जालमा एउटा भिडियो सन्देश पोष्ट गरेका थिए जसको अन्त्यमा जय हिन्द भनेका थिए । त्यसमाथि टिप्पणी गर्दै केआरकेले लेखेका छन्, ‘यदि अक्षयकुमार भारतीय नागरिक होइनन् भने उनी किन जय हिन्द भन्छन् ? के उनलाई यसको अर्थ थाहा छैन ?’

    केही बेरपछि अर्को ट्वीट गर्दै उनले लेखे, ‘यदि सलमान, अमिर र शाहरुखले क्यानाडाको नागरिकता लिएको भए उनीहरु देशद्रोही कहलाउँथे । तर अक्षय सबैभन्दा ठूला देशभक्त भएका छन् ।’

    त्यसपछि उनी लेख्छन्, ‘सोनिया गान्धिले भारतीय नागरिक हुनलाई इटालीयन नागरिकता त्यागिन । अक्षयकुमारले क्यानाडेली नागरिक हुन भारतीय नागरिकता त्यागे ।’

    फेरि उनले लेखे, ‘मेरो अक्षयकुमारसँग कुनै समस्या छैन । तर यदि उनले भारत मन नपरेकाले यहाँको नागरिकता त्यागेका हुन् भने अब जय हिन्द भन्न छोडेर जय क्यानाडा भन्नुपर्छ ।’ – एजेन्सी
    अनलाइनखबर

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र