माघ ९ गते १३:१६
काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ सवारी दुर्घटनामा परेकी छन् ।
उनीसँगै रहेका फिल्म ‘पर्व’का सह निर्देशक सरेश न्यौपाने पनि दुर्घटनामा परेका छन् ।
चैत २५ गते प्रदर्शन गर्ने तयारी रहेको चलचित्र ‘पर्व’को सुटिङमा रहेकी नम्रताको दुर्घटनाका कारण हातमा चोट लागेको छ । दुर्घटना भएपछि सुटिङ प्रभावित पनि भयो ।
प्रहरीका अनुसार नयाँ वानेश्वरमा एक ट्याक्सीले श्रेष्ठ र न्यौपाने चढेको टिभी फिल्मीको भ्यानलाई ठक्कर दिएपछि यो दुर्घटना भएको हो ।