• Breaking News

    1.17.2017

    अमेरिकी कम्पनीले चप्पलमा गान्धीको तस्बिर राखेपछि…

    बुधबार, माघ ०५, 
    एजेन्सी । एक अमेरिकी कम्पनीले भारतीय स्वतन्त्रताका प्रतीक महात्मा गान्धीको तस्बिर भएको चप्पल निकालेपछि भारत रुष्ट बनेको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार सो कम्पनीले गान्धीको तस्बिर सहितको चप्पल अनलाइन सप अमेजनमार्फत सार्वजनिक गरेको छ ।

    भारतको राष्ट्रिय झण्डा भएको डोरम्याट बेच्न बन्द गनुपर्ने आवाज उठेको केही दिनमै गान्धीको तस्बिर भएको चप्पल पनि सार्वजनिक भएको छ । विरोधपछि डोरम्याट बन्द गरेपनि फेरि गान्धीको तस्बिर भएको चप्पल ल्याएको खबर छ । द गान्धीको तस्बिर छापिएको चप्पलको मूल्य झण्डै १७ अमेरिकी डलर राखिएको छ ।

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र