आइतबार, २ माघ,
एक नयाँ अनुसन्धानका अनुसार बच्चा पाउने आमावाला आमो ब्लड प्रेशरबाट बच्चाको लिंग पत्ता लगाउन सकिन्छ ।
यसको अर्थ गर्भवती हुनुभन्दा पहिला महिलको रक्तचाप कम छ भने उनीहरुबाट छोरी जन्मिने सम्भावना अध्याधिक हुन्छ ।
क्यानडाको माउन्ट अस्पतालका एण्डोक्रेनोलाजिस्ट डा. रवि रत्नाकारणको नेतृत्वमा शोधकर्ताले हाइ ब्लड प्रेशर महिलाद्धारा छोराको जन्म दिने संकेत गरेका छन् जबकी कम ब्लड प्रेशर हुनेले छोरीलाई जन्म दिने संकेत भएको बताएका छन् ।
रत्नाकरणले हालसम्म गर्भाधान हुनुभन्दा अगाडिको अवस्थालाई बेवास्था गरेका कारण यो तथ्य बाहिर नआएको बताएका छन् । गर्भाधान हुनुभन्दा पहिलेको ब्लड प्रेशरले गर्भमा हुने बच्चाको लिंगसँग जोडिएको हुन्छ । नयाँ सोधकर्ताहरुले यसबारे अझै अध्ययन गर्न बाँकी रहेको छ । सन् २००९ मा शुरु गरिएको अध्ययनमा चीनका ३३७५ जना महिलाहरुलाई सहभागी गरिएको थियो ।
यो सोध अमेरिकन जर्नल अफ हाइपरटेन्सनमा प्रकाशित भएको थियो ।