सोमबार, १७ माघ,
हामीले इतिहास पढेका छौ जहाँ कुम्भकर्ण एकपटक सुतेपछि ६ महिनापछि मात्रै उठ्थे । एक यस्तै युवती रहेकी छिन् जसलाई कलियुगको कुम्भकर्ण भनिन्छ ।
ब्रिटेनमा बस्दै आइरहेकी यी युवतीलाई स्लीपिङ ब्युटी भनेर बोलाउने गर्छन् ।
यसको कारण निन्द्रा नै हो । यी युवती एकपटक सुतेपछि धेरै महिनासम्म सुतिनै रहन्छिन् ।
स्टोकपोर्टकी १६ वर्षीय बेथ गुडियर जब एक पटक गहिरो निन्द्रामा सुत्छिन्, उनी ६ महिनाभन्दा पहिला उठ्दिनन् । एक दिनमा २२ घण्टा सुत्ने यी युवती दुई घण्टामात्र जाग्छिन् ।
बेथकी आमा जाइनेका अनुसार बेथलाई एकपटक ब्रेन ट्युमर भएको थियो । उनलाई हस्पिटलमा भर्ना गरिएको थियो । तर, हस्पिटलमा गरिएका सबै टेस्ट फेल भएको थियो । उनको रिपोर्टबाट केही थाहा पाउन सकिएका थिएन ।
ब्रिटेनमा १०० जना युवाहरुमा एक बेथ मात्रै स्लीपिङ सिंड्रोम नामबाट जानिन्छन् । बेथको कथा अन्य मानिसहरुलाई एउटा काल्पनिक कथा लाग्नसक्छ । उनकी आमाका अनुसार बेथ ७५ प्रतिशत समय सुत्नमा बिताउँछिन् । जब उनी उठ्छिन् तब खाना पिउनका लागि बस्छिन् ।
एक समय डाक्टरसँग मिल्नका लागि उनले आफ्नो घर छोडेकी थिइन् । बेथलाई व्हिल चियरको आवश्यकता पर्छ । उनी कुरा गर्दा पनि निकै थाकेको महसुस गर्छिन् । बेथकी आमाका अनुसार उनी कुनै समय उठ्न सक्ने र उभिन पनि नसक्ने हुनेछिन् । उनी आफ्नो कुनै पनि साथीसँग मिल्न चाहादिनन् । बेथकी आमालाई उनको भविष्य सम्झेर निकै पिडा हुने समेत बताएकी छिन् ।